अ
+
अ
अ
-
काठमाडौँ – ईश्वरी भुजेल हत्या प्रकरणमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ।
ईश्वरीको हत्या गरेको आरोपमा उनका श्रीमान् ‘नेपाली ब्रो’ भन्ने कुमार थापालाई प्रहरीले शनिबार नै पक्राउ गरेको थियो। प्रहरीले आज थप तीन जनालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा नुवाकोटका ३६ वर्षीय विक्रम थापा मागर, बालाजु बस्ने ४० वर्षीय पुजन थापा क्षेत्री र जुम्ला घर भई हाल गोकर्णेश्वर बस्ने २५ वर्षीया प्रतीक्षा आचार्य छन्।
काठमाडौँको तारकेश्वर नगरपालिका–६ लोलाङ, पैँयुटारमा ईश्वरीको हत्या भएको थियो। घरायसी विवादका क्रममा कुमार धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरेको आरोप छ।
जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी पवन भट्टराईका अनुसार उनीहरूविरुद्ध अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
भर्खरै
लोकप्रिय
