मेसीका बुबालाई के भएको हो?

मेसीका बुबालाई के भएको हो?
+
-
देशसञ्चार AI सारांश
  • मेसी परिवारले जर्ज मेसी स्वास्थ्य समस्या देखापरेको र उपचार भइरहेको बताउँदै सामाजिक सञ्जालका अफवाहप्रति आक्रोश व्यक्त गरेको छ।
  • जर्ज मेसीको बारेमा फैलिएका भ्रामक अफवाहमा विश्वास नगर्न परिवारले प्रशंसकहरूलाई आग्रह गरेको छ।
  • लियोनेल मेसीले व्यक्तिगत समस्याका कारण फुटबल खेल्दा भावुक भएको खुलासा गरेका छन्।

काठमाडौँ– अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेसीका बुबा तथा ‘एजेन्ट’ जर्ज मेसीको स्वास्थ्यलाई लिएर अहिले सामाजिक सञ्जालमा अनेकन अफवा फैलाएपछि परिवारले आफ्नो धारणा सार्वजानिक गरेको छ।

मेसी परिवारले एक विज्ञप्ति जारी गर्दै ६८ वर्षीय जर्ज मेसीको स्वास्थ्यमा समस्या देखिएको र हाल उनको उपचार भइरहेको जनाएको छ। तर उनलाई के भएको हो भनेर खुलेको छैन। परिवारद्वारा जारी विज्ञप्तिमा जर्ज मेसीको स्वास्थ्य अवस्था हाल स्थिर रहेको र उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जनाइएको छ।

यद्यपि उनलाई लागेको रोग वा स्वास्थ्य समस्याको वास्तविक प्रकृतिकाबारेमा भने परिवारले खुलाएको छैन।

रोयटर्सका अनुसार जर्ज मेसी हाल अर्जेन्टिनाकै एक अस्पतालमा भर्ना भई उपचार गराइरहेका छन्।

सामाजिक सञ्जालका अफवाहप्रति परिवारको आक्रोश

जर्ज मेसीको स्वास्थ्यलाई लिएर सामाजिक सञ्जाल र केही सञ्चारमाध्यमहरूमा उनको मृत्युसमेत भइसकेको जस्ता गलत र भ्रामक अफवाहहरू फैलिएपछि मेसी परिवारले आपत्ति जनाएको छ। ‘पछिल्ला केही घण्टाहरूमा फैलिएका विभिन्न अफवाह र अड्कलबाजीप्रति मेसी परिवार गहिरो दुःख र असन्तुष्टि व्यक्त गर्दछ। एउटा नितान्त व्यक्तिगत र पारिवारिक मामिलामा केही मानिसहरूले देखाएको असंवेदनशीलता र सम्मानको कमी निन्दनीय छ’, विज्ञप्तीमा भनिएको छ।

परिवारले जर्ज मेसीको स्वास्थ्य सम्बन्धी सही जानकारी केवल उनका नजिकका सदस्यहरूसँग मात्र सुरक्षित रहेको स्पष्ट पार्दै आधिकारिक च्यानल बाहेकका अन्य कुनै पनि अपुष्ट समाचारमा विश्वास नगर्न प्रशंसक र सञ्चारमाध्यमहरूलाई आग्रह गरेको छ। ‘यस्तो समयमा हामी उत्तरदायित्व, विवेक र मानवताको माग गर्दछौँ’ विज्ञप्तिमा भनिएको छ।

मेसी भावुक भएपछि अनेकन अड्कलबाजी

फिफा विश्वकपका दौरान अल्जेरिया विरुद्धको खेलमा अर्जेन्टिनालाई ३-० को जित दिलाउने क्रममा ह्याट्रिक गरेपछि लियोनेल मेसी मैदानमै निकै भावुक बनेका थिए। पहिलो गोल गरेपछि मेसीले आफ्नो जर्सीले आँसु पुछेका थिए।

खेलपछिको पत्रकार सम्मेलनमा मेसीले आफ्नो भावुकता फुटबलसँग नभई व्यक्तिगत कारणसँग जोडिएको खुलासा गरेका थिए। मेसीले भनेका थिए, ‘म पछिल्ला केही दिनदेखि फुटबल बाहेकका व्यक्तिगत कारणले निकै कठिन र जटिल समयबाट गुज्रिरहेको थिएँ। तर म सम्पूर्ण टिम र साथीहरूलाई धन्यवाद दिन चाहन्छु, जसले मलाई पहिले जस्तै बलियो बनाइराख्न साथ दिए।’

हाल जर्ज मेसीको स्वास्थ्य सम्बन्धि कुनै पनि नयाँ आधिकारिक जानकारी आएमा परिवारले उपयुक्त समयमा जानकारी गराउने बताएको छ।

मेसीको रुवाइको कारण उनको बुबाको स्वास्थनै भएको जनाइएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…