भेनेजुएला भूकम्प: कम्तीमा ३२ जनाको मृत्यु, ७ सय भन्दाबढी घाइते

भेनेजुएला भूकम्प: कम्तीमा ३२ जनाको मृत्यु, ७ सय भन्दाबढी घाइते
+
-
देशसञ्चार AI सारांश
  • भेनेजुएलामा ७.२ र ७.५ म्याग्निच्युडका भूकम्पले ३२ जनाको मृत्यु र ७०० जना घाइते भएको जानकारी प्राप्त भएको छ।

  • उद्धार तथा खोजी अभियान जारी रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी दिइएको छ।

  • प्रभावित क्षेत्रमा सुरक्षाकर्मी, आपत्कालीन टोली परिचालन भई राहत, उद्धार कार्य जारी राखिएको बताइन्छ।

भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२ जनाको मृत्यु भएको तथा ७०० जना घाइते भएको कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्जले जानकारी दिएकी छन् ।

उद्धार तथा खोजी अभियान जारी रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी पनि उनले दिएकी हुन् ।

देशका विभिन्न क्षेत्रमा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प आएपछि दर्जनौँ भवनहरू भत्किएका छन् भने आपत्कालीन टोलीहरू प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा खटिएका छन् ।

कार्यवाहक राष्ट्रपति रोड्रिग्जका अनुसार ला गुआइरा राज्य सबैभन्दा बढी प्रभावित भएको छ । उनले उक्त क्षेत्रले गम्भीर मानवीय सङ्कटको सामना गरिरहेको बताइन् ।

उनका अनुसार धेरै भवनहरू ध्वस्त भएका छन् र भग्नावशेषमा फसेका मानिसहरूको उद्धारका लागि सुरक्षाकर्मी तथा आपत्कालीन टोलीहरू निरन्तर परिचालन गरिएका छन् ।

रोड्रिग्जले ला गुआइरालाई विपद् प्रभावित क्षेत्रका रूपमा वर्णन गर्दै जीवन रक्षा अहिले सरकारको प्रमुख प्राथमिकता रहेको बताइन् । उनले उद्धारकर्मीहरू कठिन परिस्थितिमा मानिसहरूको ज्यान बचाउन निरन्तर प्रयासरत रहेको उल्लेख गरे ।

सरकारले प्रभावित क्षेत्रमा राहत तथा उपचार सेवालाई तीव्र बनाएको छ भने क्षतिको वास्तविक विवरण संकलन गर्ने कार्य पनि जारी रहेको जनाइएको छ ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…