कोशी प्रदेशको बजेट विवाद चुलिँदै, निकास खोज्न राखिएको बैठक स्थगित

कोशी प्रदेशको बजेट विवाद चुलिँदै, निकास खोज्न राखिएको बैठक स्थगित
+
-
देशसञ्चार AI सारांश
  • कोशी प्रदेशले प्रस्तुत गरेको ०८३/८४ को बजेट संशोधनमा दलबीच सहमति नजुटेपछि बैठक तेस्रोपटक स्थगन भएको छ।
  • बजेट असन्तुलित भई वितरणमुखी भएको भन्दै सत्तारुढ एमाले, कांग्रेस र विपक्षी नेकपाले असन्तुष्टि जनाएका छन्।
  • बजेट विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल गठन भए पनि सहमति नजुटेपछि अर्को बैठक स्थगन गरिएको हो।

मोरङ – कोशी प्रदेशले ल्याएको ०८३/८४ को बजेटमा विवाद भएपछि सहमति जुटाउन बोलाइएको प्रदेश सभा बैठक स्थगन भएको छ।
विराटनगरस्थित वीरेन्द्र सभा गृहमा राखिएको बैठकमा बजेट संशोधनको विषयमा दलबीच सहमति जुट्न नसकेपछि बैठक पुनः स्थगन भएको हो।

असार १ गते बजेट सार्वजनिक भएयता विवाद देखिएको छ। जसको समाधानका लागि प्रदेश सभा बैठक निरन्तर तेस्रोपटक स्थगन भएको हो। बजेट असन्तुलित र पहुँचवालामा केन्द्रित, वितरणमुखी भएको जनाउँदै सत्तारुढ दल नेकपा एमाले, नेपाली कांग्रेस, प्रतिपक्षी दल नेकपाले असन्तुष्टि जनाउँदै आएका छन्।

ती दलका सांसदहरू बजेट सच्याउन माग गर्दै आएका छन्। यस विषयमा समाधान खोज्न ६ सदस्यीय संयुक्त कार्यदलसमेत गठन गरिएको थियो। तर, त्यसले समेत सहमति जुटाउन नसकेपछि बिहीबारका लागि तय गरिएको बैठक स्थगन भएको हो।

यससँगै अर्कोतर्फ, नेकपाले बजेट विवादको गतिरोध अन्त्यका लागि दुवै सत्तारुढ दललाई ध्यानाकर्षण गराएको छ। नेकपाका संसदीय दलका नेता इन्द्रबहादुर आङ्ग्बोद्धारा जारी विज्ञप्तिमा बजेट निर्माणमा देखिएको कमजोरी सरकारको गैरजिम्मेवारपन भएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा संसदमा बजेट प्रस्तुत भएको केही दिनमा सांसदहरूले यसको विरोध गर्नु, तेस्रोपटक प्रदेश सभा स्थगन हुनु र माननीय मुख्यमन्त्रीले सार्वजनिक रुपमा बजेट बिग्रियो भन्नुले बजेट नैतिक, वैधानिक र व्यावहारिक रुपमा असफल भइसकेको प्रमाण भएको उल्लेख गरिएको छ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विदुर लिन्थेपले सार्वजनिक गरेको प्रदेशको बजेट ४० अर्ब ४४ करोड रुपैयाँ बढीको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…