काठमाडौं- ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने २ लाखभन्दा बढी सवारी साधनले यातायात व्यवस्था कार्यालयबाट किनबेचलगायतका सेवा नपाउने भएका छन्।
उपत्यका ट्राफिक प्रहरीले ट्राफिक कारबाहीमा परेर पनि लामो समयसम्म जरिबाना नतिर्ने सवारी चालकको विवरण यातायात कार्यालय पठाएको छ।
ट्राफिक प्रहरीले पठाएका विवरणका आधारमा कार्यालयले उनीहरूले यातायातबाट पाउने सेवा रोक्का गरिदिएको हो। उपत्यका ट्राफिक प्रहरीले अनलाइन प्रणालीमार्फत कारबाही प्रक्रिया थालेदेखि हालसम्म जरिबाना नतिर्ने दुई लाख ६१ हजार सवारी चालकको विवरण यातायात व्यवस्था कार्यालय पठाएको छ।
सोही विवरणका आधारमा कार्यालयले उनीहरूले पाउने सेवा रोकेको हो। लामो समय जरिबाना नबुझाएका सवारी चालकको विवरण आवश्यक कारबाहीका लागि यातायात व्यवस्था विभाग पठाएको ट्राफिक कार्यालयका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।
उनले भने, ‘ट्राफिक कारबाही परेका सवारी चालकले लामो समयदेखि जरिबाना नबुझाएको पाइएपछि हामीले विवरण यातायात कार्यालय पठाएका थियौँ । कार्यालयले भने उनीहरूको सेवा रोकेको हो।’
नयाँ सेवाका लागि जरिबाना अनिवार्य तिरेको हुनुपर्ने यातायात व्यवस्था कार्यालयले जनाएको छ । हाल जरिबाना नतिर्ने सवारी चालक धनीलाई म्यासेजमार्फत जानकारी गराइएको छ ।
भर्खरै
लोकप्रिय
