- सशस्त्र प्रहरी बल मोरङले इस्लामपुर क्षेत्रमा १ लाख ८० हजार रुपैयाँको ६ बोरा लत्ता कपडा बरामद गर्यो।
- विराटनगर दरैयाबस्तीबाट ६ सय ५० किलोग्रामको १३ बोरा छोकडा, जसको मूल्य ३ लाख २५ हजार, कब्जा गरियो।
- ५ सयको ३९९ वटा नोटसहित १ लाख ९९ हजार ५ सय रुपैयाँका साथ मनिरुजमानलाई नियन्त्रणमा लियो।
मोरङ – सशस्त्र प्रहरी बल मोरङको टोलीले स्रोत नखुलेको नेपाली नोटसहित ६ लाख रुपैयाँभन्दा बढीको सामग्री बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ हेडक्वाटर कंकालिनी मोरङका प्रमुख तथा प्रहरी उपरीक्षक गेहेन्द्रबहादुर भण्डारीका अनुसार शनिबार मोरङको इस्लामपुर क्षेत्रबाट १ लाख ८० हजार रुपैयाँ बराबरको ६ बोरा लत्ता कपडा बरामद गरिएको हो।
त्यसैगरी, विराटनगरको दरैयाबस्ती क्षेत्रबाट ६ सय ५० किलोग्रामको १३ बोरा छोकडासमेत बरामद भएको उनले बताए। सशस्त्र प्रहरी उपरीक्षक भण्डारीका अनुसार छोकडाको नेपाली बजार मूल्य करिब ३ लाख २५ हजार र मटेरुवा क्षेत्रबाट १ लाख ५० हजार ६ सय ३० रुपैयाँ बराबरको किराना तथा कस्मेटिक सामान भन्सार कर नबुझाई भित्र्याइएको अवस्थामा नियन्त्रणमा लिएको हो।
त्यसैगरी, सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर रानीले जोगबनी सीमास्थित एक नम्बर ढाटमा स्रोत खुलाउन नसकेको अवस्थामा ५ सय को ३ सय ९९ वटा नेपाली नोट गरी कुल १ लाख ९९ हजार ५ सय रुपैयाँसहित भारतको पश्चिमबंगालका ३४ वर्षीय मनिरुजमानलाई नियन्त्रणमा लिएको छ।
बरामद सामान रानीस्थित विराटनगर भन्सार कार्यालयलाई बुझाउने तयारी गरिएको छ।
भर्खरै
लोकप्रिय
