मिटरब्याज विरुद्धको ‘पैदल न्याय मार्च’ चौथो दिनमा, काठमाडौँतर्फ अघि बढ्दै (तस्बिरहरू)

मिटरब्याज विरुद्धको ‘पैदल न्याय मार्च’ चौथो दिनमा, काठमाडौँतर्फ अघि बढ्दै (तस्बिरहरू)
तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी।
+
-
देशसञ्चार AI सारांश
  • जनकपुरबाट सुरु भएको मिटरब्याज पीडितहरूको ‘पैदल न्याय मार्च’ आज चौथो दिनमा लालबन्दीबाट काठमाडौँतर्फ अघि बढेको छ।
  • पीडित र उद्यमीहरूले सरकारलाई सम्झौता कार्यान्वयन गर्न दबाब दिने उद्देश्यले नारा लेखिएका प्लेकार्डहरू बोकेका छन्।
  • यो मार्च करिब एक साताभित्र काठमाडौँ आइपुग्ने अनुमान गरिएको आयोजकहरूले जानकारी दिएका छन्।

लालबन्दी- मिटरब्याज पीडितहरूले सुरु गरेको ‘पैदल न्याय मार्च’ आज चौथो दिनमा प्रवेश गरेको छ।

जनकपुरबाट गत असार २५ गतेदेखि सुरु भएको यो यात्रा आज चौथो दिन सर्लाहीको लालबन्दीबाट काठमाडौँतर्फ अघि बढेको हो।

राज्यलाई ब्युँझाउन र आफ्ना जायज हकअधिकार स्थापना गर्नका लागि यो पैदल यात्रा सुरु गरिएको आयोजकहरूले जनाएका छन्।

न्यायको खोजीमा निस्किएका सयौँको सङ्ख्यामा रहेका पीडित तथा उद्यमीहरू दैनिक करिब २० देखि २६ किलोमिटरसम्म पैदल यात्रा गरिरहेका छन्।

आफ्ना मागहरू पूरा नभएसम्म र काठमाडौँ नपुगेसम्म यो यात्रा कतै पनि नरोकिने आयोजकहरूले दृढता व्यक्त गरेका छन्।

मार्चमा सहभागी प्रदर्शनकारीहरूले सरकार र मिटरब्याजीहरू विरुद्ध विभिन्न नारा लेखिएका प्लेकार्डहरू बोकेका छन्।

उनीहरूले “चुपचाप तमसूक फाड” र “अधिकार माग्न काठमाडौँ जान पर्दैन” जस्ता गगनभेदी नाराहरू लगाउँदै दबाब दिइरहेका छन्।

यसअघि सरकारले मिटरब्याज पीडितहरूसँग चार पटकसम्म लिखित सहमति गरे पनि ती प्रतिबद्धताहरू कार्यान्वयन नगरेको आन्दोलनकारीहरूको आरोप छ।

सरकारलाई सम्झौता कार्यान्वयनका लागि बलियो दबाब दिन र फेरि एकपटक काठमाडौँलाई गुन्जायमान बनाउन बाध्य भएर सडकमा उत्रिनु परेको उनीहरूले बताएका छन्।

यो पैदल टोली करिब एक साताभित्र सङ्घीय राजधानी काठमाडौँ आइपुग्ने अनुमान गरिएको छ।

तस्बिरहरूः

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…