अ
+
अ
अ
-
काठमाडौँ – बर्डफ्लु संक्रमण फैलिएपछि करिब एक महिनादेखि बन्द ललितपुरको जावालाखेलस्थित सदर चिडियाखाना शुक्रबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ।
५ असारदेखि बन्द भएको चिडियाखाना बर्डफ्लु संक्रमण नियन्त्रणमा आएपछि अवलोकनका लागि खुलाइएको हो। काग मरेको र परीक्षण गर्दा पोजेटिभ देखिएपछि चिडियाखाना बन्द गरिएको थियो। बर्ड फ्लुका कारण चिडियाखानामा ४१ वटा पशुपंक्षी मरेका थिए।
पशुपंक्षीलाई खानेकुरा नदिन, दूरी कायम गर्न, धेरै लामो समयसम्म पशुपंक्षीको नजिक नबस्न, मास्क प्रयोग गर्न चिडियाखाना प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ।

तस्बिर: नेपाल फोटो लाइब्रेरी
भर्खरै
लोकप्रिय
