अ
+
अ
अ
-
काठमाडौँ- साउन महिना लागेसँगै काठमाडौँको इन्द्रचोकमा रहेको पोते बजारमा चहलपहल बढ्न थालेको छ ।
साउनमा महिलाहरू हरिया–पहेँला चुरा–पोतेको किनमेल गर्न इन्द्रचोकको पोते बजारमा आउन थालेका छन् । हिन्दु देवता शिवलाई अपर्ण गरिने साउन महिनाभर महिलाहरु हरियो, रातो र पहेँलो पोते लगाउने गर्छन् ।
साउन महिनामा हिन्दु महिलाहरूले हरिया चुरापोते लगाउने चलन छ । पछिल्लो समय अन्य धर्म मान्नेहरूले पनि साउनमा चुरापोते र मेहेन्दी लगाउने गरेको पाइन्छ ।
हिन्दु धर्ममा सौभाग्यका रुपमा चिनिने पोते इरानी गहना हो । पोतेको व्यापार वर्षैभरि हुँदैन, तीज, साउन तथा विवाहको लगन भएका महिनामा असन र इन्द्रचोकमा भीड लाग्ने गर्दाछ ।
तस्बिरहरू:

तस्बिर : आभास रञ्जित / नेपाल फोटो लाइब्रेरी
भर्खरै
लोकप्रिय
