प्रदेश २: विपक्षीसँगै सत्तारुढ दलले गरे सञ्‍चार विधेयकको विरोध

जनकपुरधाम- प्रदेश-२ सरकारले सदनमा दर्ता गराएको प्रदेश सञ्चार विधेयको प्रदेशसभामा समेत विरोध भएको छ।

सोमवार बसेको प्रदेशसभाको बैठकमा विपक्षीसँगै सत्तारुढ सांसदले सञ्चार विधेयकको विरोध गरेका हुन्।

विशेष समयमा बोल्दै नेकपा सांसद मन्जु यादवले प्रेस स्वतन्त्रलाई कुण्ठित हुनेगरी संघीय सरकारले ल्याएको सञ्चार विधेयकको कपी पेस्ट गरेको प्रति आपत्ति जनाइन्।मधेस आन्दोलनको जगमा बनेको प्रदेश सरकारलाई आन्दोलनमा पत्रकारले खेलेको भुमिका स्मरण गराइन्।

मधेस आन्दोलनको बेला काठमाडौँका मिडिले हल्ला भएजति आन्दोलन भएकै होइन भन्दा यहाँका पत्रकारले आन्दोलनलाई उचाइ दिएका थिए, पत्रकारले पनि आन्दोलन गरेका थिए,’ उनले भनिन्, ‘के प्रदेश सरकारले मुट्ठी भर्नकै लागि आन्दोलन गरेका थिए ? प्रेस स्वतन्त्रालाई कुण्ठि गर्न आन्दोलन गरेका थिए ?’

उनले आफ्नो मौलिकता भाषा र संस्कृतिकालागि पटक पटक आन्दोलन गर्ने प्रदेशसभाको पछिल्लो बैठकमा काँग्रेस संसदीय दलका नेता राम सरोज यादवले हिन्दी भाषामा किन सम्बोधन गरेको भन्दै उनले प्रश्न समेत गरेकी थिइन् ।

यस्तै, राजपा सांसद सुरिता साहले पनि प्रदेश सरकारले ल्याएको सञ्चार विधेयकको विरोध गरेकी छिन् । ‘सञ्चार लोकतन्त्र सुरक्षति गर्ने माध्यम हो वधयेकमा ल्याएको सजाय र कसुर गलत छ, यसलाई हामी विरोध गर्छौँ, यो संशोधन हुनुपर्छ,’उनले भनिन् ।

काँग्रेस प्रदेससभा सदस्य बिरेन्द्र सिँहले सदनप्रति सरकार गम्भीर नरहेको महसुस भएको बताए । उनले आफुहरुले सदनमा उठाएको कुनै माग सरकारले पुरा नगरेको भन्दै सरकारलाई सदनप्रति गम्भीर हुन ध्यानाकर्षण गराए।

‘हामी सदनमा जेजति कुरा उठाउँछौ सरकारको तर्फबाट कुनै जवाफ पाएका छैनौ, बाध्य भएर हामीले लिखित जबाब समेत माग्यौँ तर अहिलेसम्म जवाफ पाएका छैनौ,’ उनले भने, ‘राजनीतिक आन्दोलनमा सम्झौता हुन्थे तर कार्यन्वयन हुन्थेन, आज हामीले पनि उधारो सम्झौता भोग्नु परेको छ।’ काँग्र्रेसले सदनमा दर्ता गराएको लिखित प्रश्नहरुको तुरन्त जवाफ दिन उनले सरकारसँग माग गरे।

सांसद सिंहले वर्षा याम आउन लाग्दा समेत प्रदेश सरकारले अहिलेसम्म जोखिमपूर्ण नदीका तटबन्ध निर्माणतर्फ हात अघि नबढाएको भन्दै सरकारको आलोचना गरे । ‘नदी किनारका जनताहरु कतिखेर बाढीले घर बगाउने हो भन्ने त्रासमा छन् तर प्रदेश सरकारले एउटापनि तटबन्ध निर्माण गरेका छैन,’ उनले भने।

नेकपा सांसद राम कुमार यादवले प्रहरी र ठेकेदारको मिलिमतोमा चुरे क्षेत्रका बालुवा तथा गिट्टी उत्खनन भैरहेकोप्रति प्रदेश सरकारलाई ध्यानाकर्षण गराए।

उनले प्रदेशलाई मरुभूमिकरण हुनबाट जोगाउन चुरे संरक्षणमा गम्भीर भएर लाग्नुपर्ने बताए। राजपा सांसद मनिस कुमार सुमनले सरकार र विपक्षीको सम्बन्ध द्धापर युगको रामकृष्ण र परमहंस जस्तै रहेको टिप्पणी गरे।

उनले विपक्षीले सरकारसँग सहमती भइसकेपछि सदन सुचारु गर्ने सहमती भएको र मुख्यमन्त्रीले गल्ती भएको स्वीकार गरिसकेको अवस्थामा कुन माग पुरा नभएको सदनलाई जानकारी गरारउनुपर्ने बताए।

जेठ ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्