काठमाडौँ– कस्टम सफ्टवेयर डेभलपमेन्ट कम्पनी स्पाइरालोजिक्सले आयोजना गरेको कार्यक्रम स्पाइराथन २०२४ सम्पन्न भएको छ।
काठमाडौँमा शनिबार एक कार्यक्रम गर्दै कम्पनीले सार्वजनिक डाटा इनोभेसन विषयवस्तुमा रहेर स्पाइराथन २०२४ सम्पन्न गरेको हो। फरक फरक विषयवस्तुमा २०१७ सालबाट कार्यक्रम गर्दैआएको कम्पनीले यस वर्ष सार्वजनिक डाटा इनोभेसन विषयवस्तुमा रहेर कार्यक्रम गरेको थियो।
कम्पनीकी कम्युनिकेसन प्रबन्धक निशा पौडेलका अनुसार कार्यक्रममा सबैभन्दा पहिला १० वटा टिमलाई सहभागी गराइन्छ। त्यसपछि प्रशिक्षकद्वारा टप १० टिमलाई प्रस्तुत गर्न लगाई टप ५ मा झार्ने गरिन्छ। शनिबार भएको कार्यक्रममा टप ५ समुहले सार्वजनिक डाटा इनोभेसन विषयवस्तुमा रहेर आफ्नो प्रोजेक्टको प्रस्तुति र डेमो देखाएका थिए। यी टप ५बाट १ समुहलाई विनर घोषणा गरिएको हो। विनर हुनेमा ओपीनी एक्स टिम रहेकाे छ।

कार्यक्रम स्पाइराथन २०२४ बाट विनर भएकाे टिम
शनिबार प्रस्तुति र डेमो देखाउने समुहहरूमा ओपीनी एक्स, क्लोज एआइ, २१ दिनमा पैसा डबल, सासी र डिप लर्नर रहेका थिए।
यो कम्पनीले गर्न थालेको कार्यक्रम यो चौँथो सिजन हो। यहाँभन्दा अगाडि टप ५ बाट ३ समूहलाई विनर घोषणा गर्ने गरेको उनको भनाइ छ।
कम्पनीले यो कार्यक्रम प्रत्येक वर्ष गर्दै आएपनि सन २०२० पछि गर्न सकेको थिएन। २०२० पछि कोरोना आएको कारणले गर्दा रोकिएको र अब २०२४ बाट निरन्तर कार्यक्रम गर्ने पौडेलले बताइन्।
पहिलो वर्ष काेड फर सोसाइटी विषयबस्तुमा रहेकर कार्यक्रम गरिएको थियो। यस्तै दास्रो वर्ष एआइ फर इम्प्याक्ट, तेस्रो वर्ष २०२० मा भिजिट नेपाल भएकोले देश तथा विदेशबाट आएका पर्यटकलाई सहज बनाउन टेक एक्सपेरियन्स नेपाल विषयवस्तुमा कार्यक्रम गरिएको उनको भनाइ छ।

स्पाइरालोजिक्स कम्पनीकी म्यानेजर निसा पौडेल
यो कार्यक्रमबाट विनर भएका अथवा केही प्रोजेक्टमा काम गर्न चाहेका पोर्टन्सियल व्यक्तिहरूलाई आफ्नो कम्पनीमा इन्टर्नसिप प्रस्ताव राख्ने र उनीहरूको प्रोजेक्ट आइडियालाई अगाडि बढाउने काममा सहयोग गरेको उनले बताइन्।
एटलान्टामा प्रधान कार्यालय रहेको स्पाइरालोजिक्स कम्पनीले सन २०१७ नेपालमा आफ्नो शाखा स्थापना गरेको हो। पौडेलका अनुसार यो कम्पनीको बिभिन्न देशमा सदस्यहरु रहेका छन् भने नेपालमा मात्रै करिब १०० जना सदस्यहरू छन्।
नेपाल सम्वत् एप्स, गेम एप्लिकेसन बागचाल लगायतका सफ्टवेयर यस कम्पनीले बनाएको पौडेलले बताइन्। उनका अनुसार यस कम्पनीले धेरै जसो विदेशमा प्रयोग हुने सफ्टवेयर डेभलप गरेको छ।
थप तस्बिर

भर्खरै
लोकप्रिय
