निर्वाचन आयोगले दियो राई नेतृत्वको जसपालाई दलको मान्यता

निर्वाचन आयोगले दियो राई नेतृत्वको जसपालाई दलको मान्यता
अशोक राई। फाइल फोटो
+
-

काठमाडौँ – निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)लाई दलको मान्यता दिएको छ।

उपेन्द्र यादव नेतृत्वमा रहेको जनता समाजवादी पार्टी, नेपालबाट अलग्गिएर अशोक राई नेतृत्वमा ७ जना सांसदले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा आइतबार निवेदन दिएका थिए।

आयोगले सोमबार उक्त दललाई मान्यता दिएको हो। उपेन्द्र यादवको साथ छाडेका सांसदहरुमा अशोक राई,नवलकिशोर साह, प्रदीप यादव, रञ्जुकुमारी झा, वीरेन्द्र महतो, सुशिला श्रेष्ठ, हसिना खान छन्।

यादव नेतृत्वको जसपामा संघीय संसद प्रतिनिधिसभामा १२ सांसद थिए। अध्यक्ष यादव पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा उपप्रधान तथा स्वाथ्यमन्त्री छन्। उनी विदेश भ्रमणमा रहेकै बेला जसपा विभाजित भएको हो। यादव आजै राति नेपाल आइपुग्ने बताइएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…