अ
+
अ
अ
-
काठमाडौं- विपक्षी दलहरूको विरोधकाबीच प्रतिनिधिसभा नियमावलीमाथिको पारित गरेर १५ मिनेटका लागि स्थगित बैठक आजै तेस्रो पटक बसेर निर्वाचन विधेयक समेत पारीत गरेको छ।
राष्ट्रिय सभाले आजै पारित गरेर प्रतिनिधिसभामा फिर्ता पठाएको विधेयक बारे जानकारी गराइएको छ । सोही सन्देश सुनाउनका लागि तेस्रो बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराइएको छ ।
विपक्षी दलहरूको अवरोधबीच प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीले प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराएका हुन्। यो प्रस्ताव पनि पारीत गर्दै संसद बैठक सकिएको छ।
तस्बीरमा हेर्नुहोस् विपक्षीको अवरोध


भर्खरै
लोकप्रिय
