राष्ट्रिय सभा बैठक: भूमिबाहेकका ५ अध्यादेश आज निर्णयार्थ प्रस्तुत हुँदै

राष्ट्रिय सभा बैठक: भूमिबाहेकका ५ अध्यादेश आज निर्णयार्थ प्रस्तुत हुँदै
फाइल तस्बिर ।
+
-

काठमाडौं- राष्ट्रिसभाको बैठक बिहीबार बस्दै छ। आज दिउँसो सवा १ बजे बस्ने बैठकमा सरकारले जारी गरेका ६ मध्ये ५ अध्यादेश निर्णयार्थ प्रस्तुतको तयारी रहेको छ।

सत्तापक्षीय दलबीच भूमिबाहेकका विधेयक पास गर्ने निर्णय भएसँगै बुधबार बसेको प्रतिनिधिसभाले ती ५ अध्यादेशहरु पास गरिसकेको छ।

आज भने तिनै अध्यादेशहरु राष्ट्रिसभाबाट पारित गर्न लागिएको हो। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेश गर्नेछन्। यससँगै बैठकमा, सुशासन प्रवद्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ निर्णयार्थ प्रश्तुत हुनेछन्।

सरकारले माघ १८ गते ६ वटा अध्यादेश राष्ट्रिय सभा बैठकमा पेस गरेको थियो। तीमध्ये भूमिसम्बन्धीका लागि जसपा तयार नभएपछि त्यसलाई रोकी त्यसबाहेकका अध्यादेशहरु आज ३४ औं दिनमा निर्णयार्थ प्रस्तुत गर्न लागिएको हो।

आज प्रतिनिधिसभाको बैठक पनि बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने कार्यसूची रहेको छ।

यो पनि: 

प्रतिनिधिसभा बैठक: भूमिबाहेकका ५ अध्यादेश आज निर्णयार्थ पेस हुँदै

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…