टिप्परको लागि अलग्गै लाइसेन्सको व्यवस्था गर्न रास्वपा सांसद झाको माग

टिप्परको लागि अलग्गै लाइसेन्सको व्यवस्था गर्न रास्वपा सांसद झाको माग
फाइल फोटो
+
-

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले टिप्परहरुले कानून नमान्दा दुर्घटनाहरु बढेको भन्दै टिप्परको लागि अलग्गै लाइसेन्सको व्यवस्था गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले स्थानीय तहका जनप्रतिनिहरुको लगानी भएका टिप्परहरुले कानून मान्ने नगरेको उनको आरोप छ ।

टिप्परको व्यवस्थापनि राज्य संयन्त्र नै कमजोर रहेको उनको भनाइ छ । सांसद झाले सीतापाइला र धार्केमा टिप्पर हिँड्न अनुमति नदिएको भएपनि जबरजस्ति हिँडिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

उनले भने,’धेरै स्थानीय तहका प्रतिनिधिहरुको लगानी रहेको छ टिप्परका उनीहरुले कानून मान्दैनन् । टिप्परलाई फरक लाइसेन्सको व्यवस्था गरियोस् भनेर टेक्निकल एडभाइस पनि आएको छ । अर्को कुरा, सीतापाइला र धार्केमा टिपर हिँड्न अनुमति दिइएको छैन तर जबरजस्ती गुडाउँछन् । किनकी स्थानीय नेता र ठेकेदारहरुको लगानी भएकोले । सरकार र राज्यपनि एकदमै कमजोर भएको छ । यस्तो अवस्थामा हामीले कसरि नियन्त्रण गर्न सक्छौं । कि यो मृतकको संख्यामात्र गनेर बसिराख्ने हो ?’

उहाँले सरकारले सडक दुर्घटना न्युनीकरण पनि गर्ने हो कि मृतकको संख्या मात्र गनेर बस्ने हो भन्दै प्रश्न समेत गरेका छन् ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…