कोमल वलीको चाहनाः बेलायतको तीज कार्यक्रमबाट संकलित रकमले एम्बुलेन्स खरिद गर्ने

कोमल वलीको चाहनाः बेलायतको तीज कार्यक्रमबाट संकलित रकमले एम्बुलेन्स खरिद गर्ने
+
-

कोमल वली एक प्रख्यात नेपाली लोकगायिका, रेडियोकर्मी तथा राजनीतिज्ञ हुन्। दाङको तुलसीपुरमा जन्मिएकी उनले नेपालमा तीज गीतलाई नयाँ उचाइमा पुर्याएकी छन्। विशेषगरी रेडियो नेपालमा समाचार वाचिकाका रूपमा लामो समय काम गरेपछि उनी राजनीतिमा प्रवेश गरिन् र राष्ट्रिय सभा सदस्यसमेत भइन्।

तीजलाई नेपाली महिलाको महान पर्वका रूपमा स्थापित गर्न र यसको मौलिकतालाई जोगाउन उनको योगदान महत्त्वपूर्ण मानिन्छ। उनका तीज गीतहरूमा नारी वेदना, सामाजिक यथार्थ र व्यंग्यात्मक चेत पाइन्छ।

दाङको बाल्यकालदेखि बेलायतसम्मको तीज यात्रा

गायिका तथा पूर्वसांसद कोमल वलीले आफू सानो छँदा दाङ, तुलसीपुरमा तीज मनाएको सम्झना गर्दै अहिलेको तीजमा आएको परिवर्तनलाई सूक्ष्म ढङ्गले विश्लेषण गरेकी छिन्।

वलीका अनुसार, सानो छँदा उनलाई तीजमा व्रत बस्न मन लाग्थ्यो। व्रत बस्नेहरूले दूध र केरा भरिपूर्ण खान पाउने हुँदा रहरले व्रत बसेको कुरा उनले आज पनि सम्झन्छिन्।

त्यो बेला मामाघरबाट दर आउने, घरमा खिर र अचार पकाउने र भाउजू, बुहारी, बहिनी तथा भदैहरूले दर लाने–पुर्याउने चलन अझै पनि कतिपय ठाउँमा कायम रहेको उनी बताउँछिन्।

नारी सम्मान र खुसीको पर्व

कोमल वलीले तीजलाई नारी सम्मान र खुसीको पर्वका रूपमा व्याख्या गरेकी छिन्।

“महिलाहरू देवीका रूप हुन्,” उनी भन्छिन्, “हरेक घरमा महिलाको समान इज्जत हुँदा त्यो घर, घरजस्तो हुन्छ। महिला खुसी हुँदा घर, समाज र राष्ट्र नै खुसी हुन्छ।”

पहिलेका दिनहरूमा महिलाहरू पानीसमेत नखाई व्रत बस्थे र रातो सौभाग्यको पहिरन लगाउँथे। त्यो समयमा जीवनशैली र रहनसहन सरल थियो। मिठो मसिनो खान र राम्रा कपडा लगाउन चाडपर्व नै कुर्नुपर्ने अवस्था रहेको उनी सम्झिन्छिन्।

पहिलेका दिनमा घरको काममा सधैँ व्यस्त रहने छोरीबुहारीहरूले आफ्नो मनको दुःख र कष्टलाई मार्मिक गीतको भाकामा पोख्थे। नाचगान गरेर आफ्नो अन्तर्मनलाई शान्ति दिने चलन थियो।

दिदीबहिनी, नन्द र माइजूसँग मिलेर रमाइलो गर्ने परम्पराले सबैलाई आत्मीयता प्रदान गर्थ्यो।

वली भन्छिन्, “अहिले हामी भाग्यमानी छौँ। हिजोको जस्तो कठिन समय छैन। सबै कुरा नजिक भएका छन् र चाहेको कुरा सहजै उपलब्ध छ।”

पछिल्लो समय तीजमा आएको विकृतिप्रति कोमल वलीले चिन्ता व्यक्त गरेकी छिन्। “अहिलेको तीजमा भड्किलो नाचगान, देखासिकी र अस्वस्थ प्रतिस्पर्धा बढेको छ,” उनी भन्छिन्, “छाडा गीत र भिडियोले हाम्रो संस्कृति, धर्म र आस्थालाई नकारात्मक बाटोमा धकेलिरहेको छ।”

नयाँ पुस्तामा हाम्रो संस्कृति, धर्म र परम्परा जोगाउनुपर्ने ठूलो चुनौती रहेको उनको भनाइ छ। यसलाई जोगाउनका लागि सबैले आफ्नो तर्फबाट पहल गर्नुपर्ने र सञ्चार माध्यमहरू पनि यसमा सचेत हुनुपर्नेमा उनले जोड दिइन्।

अहिलेको तीज: पार्टी प्यालेस र महिलाको एकता

पहिले माइतीबाट छोरीबेटीलाई फलफूल र परिकारसहित दर पुर्याउने चलन थियो। अहिले साँघुरो बस्ती, सानो परिवार र कामकाजी महिलाका कारण पार्टी प्यालेसमा भेला भएर तीज मनाउने बाध्यता बढेको उनी स्वीकार गर्छिन्।

“यद्यपि, यसले महिलाहरूमा एकआपसमा सद्भाव र आत्मियता बढाएको छ,” उनी भन्छिन्, “एकअर्कालाई शुभकामना दिने, नाचगान गर्ने र समूहमा मिलेर दर खाने चलनले सबैमा सकारात्मक सोच र सम्मान बढेको छ।”

महिलाहरूबीच एकता र सद्भावको कमी छ भन्ने भ्रमलाई पनि यसले चिरेको उनको दाबी छ।

कोमल वली यस वर्ष बेलायतमा हुने च्यारिटी कार्यक्रममा सहभागी हुँदैछिन्। उनले भनिन्, “यस वर्ष मेरो तीज यूकेमा हुनेछ।”

विदेशमा रहेका नेपाली दिदीबहिनीहरूको माग र आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्न उनी त्यहाँ जान लागेकी हुन्।

उनले बेलायतको तीज कार्यक्रमबाट सङ्कलन हुने रकमले दाङमा आईसीयू स्तरको एम्बुलेन्स किन्न सकिन्छ कि भन्ने उद्देश्य राखेको बताएकी छिन्।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…