सानो भर्‍याङस्थित यातायात कार्यालयबाट बिचौलियाको आरोपमा ७ जना पक्राउ

सानो भर्‍याङस्थित यातायात कार्यालयबाट बिचौलियाको आरोपमा ७ जना पक्राउ
+
-

काठमाडौँ – काठमाडौँ महानगरपालिका–१५ सानो भर्‍याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात जना बिचौलिया पक्राउ परेका छन्।

उक्त कार्यालयबाट सेवाग्राहीको सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरिदिन्छु भनी सार्वजनिक सेवा प्रवाहमा अवरोध गरेको अभियोगमा प्रहरी वृत्त स्वयम्भूबाट परिचालन भएको प्रहरी टोलीले आज अपराह्न उनीहरुलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले रौतहटका ३६ वर्षीय बलबहादुर सुनार, रामेछापका ३९ वर्षीय विज्ञान राई, काठमाडौँका ३१ वर्षीय सञ्जय राजवाहक र ३६ वर्षीय विमल तामाङ, रामेछापका ३५ वर्षीय रमेश कार्की, धादिङका ३६ वर्षीया कल्पना लम्साल र नुवाकोटका ३९ वर्षीय उद्धव खनाललाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनीहरुबाट रु एक लाख २२ हजार नगद र ५३ थान बिलबुकसमेत बरामद भएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…