अ
+
अ
अ
-
काठमाडौँ- सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्टलाई कालोसूचीमा राख्न अध्यागमन विभागलाई पत्र लेखी आग्रह गरेको छ।
अध्यागमन स्रोतका अनुसार विभागको आग्रहपछि भट्टलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइएको छ।
अध्यागमन स्रोतका अनुसार ‘सम्पत्ति शुद्धीकरणले व्यवसायी दीपक भट्टलाई कालोसूचीमा राखिदिन पत्रमार्फत अनुरोध गरेको’ हो।
अध्यागमनको कालो सूचीमा परेपछि उनले विदेश यात्रा गर्न नपाउने स्रोतले जानकारी दिएको छ।
उनकाे अभियोगबारे भने सम्पत्ति शुद्धिकरण विभागले केही उल्लेख गरेको छैन।
भर्खरै
लोकप्रिय
