- इकोनोमिक मिडिया एसोसिएसन नेपालले केन्द्रविन्दू मिडियाको नाम जोडेर गरिएको भ्रमपूर्ण कृयाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
- स्मृति तिमल्सिनाले अन्तर्वार्ताका लागि बोलाइएको भन्दै झुक्याएर नियन्त्रणमा लिएको दाबी गरेकी छन्।
- इमानले यस्ता गतिविधि नदोहोर्याउन सम्बद्ध पक्षलाई सचेत गराउँदै भ्रम सिर्जना नगर्न आग्रह गरेको छ।
काठमाडौंँ – आर्थिक मिडिया सञ्चालकहरुको साझा संस्था इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) को सदस्य संस्था केन्द्रविन्दू मिडिया प्रालिको नाम जोडेर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल फेसवुकमा जेन जेड रेड फोर्सकी संयोजक स्मृति तिमल्सिनाले पोष्ट गरेको एक भिडियो र उनको पक्राउलाई लिएर केन्द्रविन्दु मिडियाको नाम जोडिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
इमानले एक विज्ञप्ति जारी गर्दै आफ्नो सदस्य संस्थाप्रति यस्ता गतिविधि नदोहोर्याउन सचेतसमेत गराएको छ।
तिमल्सिनाले आफूलाई केन्द्रविन्दु मिडिया (टेलिभिजन)मा अन्तर्वार्ताका लागि एक महिलाले फोन गरेर अफिसमा बोलाएको, त्यहाँ पुग्दा अन्तर्वार्ता गर्न कार्यालयको स्टुडियो व्यस्त भएको कारण अर्को स्टुडियोमा जाउँ भनेको र आफूलाई लछारपछार गरी गाडीमा हालेर सादा पोशाकका प्रहरीले उपत्यका प्रहरी परिसर भद्रकाली पुर्याएको र कोठा नम्बर ५०३ मा लगेर कागज गराएर छोडेको भनेकी छन्। केन्द्रविन्दू मिडियाले स्मृति तिमल्सिनालाई कुनै पनि अन्तर्वार्ताका लागि समय नदिएको–नबोलाएको समेत जनाएको छ।
विज्ञप्तिमा भनिएको छ– ‘एक जिम्मेवार सञ्चार संस्थालाई विवादमा तान्ने र सुरक्षा निकायको कारवाहीसँग जोडेर भ्रम सिर्जना गरी व्यावसायिक प्रतिष्ठामा आँच नपुर्याउन सम्बद्ध पक्षसँग आग्रह गर्दछौं। स्वतन्त्र र मर्यादित पत्रकारिता गर्दै आएको संस्थालाई असर पर्ने गरी भ्रमपूर्ण कुराहरु नगर्न र आगामी दिनमा यस्ता क्रियाकलाप नदोहोर्यााउन सचेत गराउन चाहन्छौं।’
तिब्बती विषयक भिडियो बनाएर सामाजिक सञ्जालमा हालेकी स्मृति तिमिल्सिनालाई मंगलबार प्रहरीले झुक्याएर नियन्त्रणमा लिएको दाबी उनले गरेकी थिइन्। सोही क्रममा सादा पोशाकका प्रहरीले आफू केन्द्रविन्दु मिडियाको पत्रकार भएको भन्दै अन्तर्वार्ताका लागि बोलाएर प्रहरीको गाडीमा राखेको दाबी उनले गरेकी थिइन्।
भर्खरै
लोकप्रिय
