- अमेरिकाले नेपालका लागि ट्राभल एड्भाइजरीलाई जोखिम स्तर घटाएर ‘लेभल टु’ मा राखेको छ।
- अमेरिकी नागरिकलाई संभावित प्रदर्शन र अशान्तिबाट बच्न ठूला भिडभाडबाट टाढा रहन सल्लाह दिइएको छ।
- प्राकृतिक प्रकोपका कारण, विशेष गरी भूकम्प, बाढी र पहिरोले आपतकालीन उद्धारमा कठिनाइ आउने चेतावनी दिइएको छ।
काठमाडौं- अमेरिकाले नेपाल भ्रमण गर्ने आफ्ना नागरिकका लागि जारी गर्दै आएको ‘ट्राभल एड्भाइजरी’को जोखिम स्तर घटाउँदै ‘लेभल टु’ बनाएको छ।
बालेन्द्र शाह नेतृत्वको नयाँ सरकार आएसँगै अमेरिकाले नेपालकझ जोखिम स्तर घटाएको हो।
अद्यावधिक गरिएको एड्भाइजरीमा सन् २०२५ को सेप्टेम्बरदेखि सुरु भएका देशव्यापी प्रदर्शनहरू हाल रोकिएको र समग्र सुरक्षा स्थिति स्थिर रहेको उल्लेख छ। यद्यपि, विशेषगरी सहरी क्षेत्रहरूमा पूर्वसूचना विना नै अचानक प्रदर्शन र स्थानीय अशान्तिहरू अझै पनि हुन सक्ने र ती छिट्टै हिंसात्मक बन्न सक्ने सम्भावना रहेकोतर्फ अमेरिकी सरकारले आफ्ना नागरिकलाई सचेत गराएको छ। यस्ता सम्भावित जोखिमबाट बच्न ठूला भिडभाडबाट टाढा रहन र स्थानीय अधिकारीहरूको निर्देशन कडाइका साथ पालना गर्न सुझाइएको छ।
स्वास्थ्य सेवाका सन्दर्भमा नेपालको सामान्य तथा आपतकालीन चिकित्सा सेवा सीमित क्षमताको रहेको सूचनामा उल्लेख छ।
काठमाडौंका अस्पतालहरू अन्य क्षेत्रका तुलनामा राम्रा भए पनि त्यहाँ बिरामीको चाप बढी हुने, केही उपकरण वा औषधिको अभाव हुन सक्ने र उपचारअघि नै अग्रिम भुक्तानी गर्नुपर्ने अवस्था रहेको प्रष्ट पारिएको छ।
काठमाडौं उपत्यकासहित देशका कुनै पनि भागमा अचानक भूकम्प जान सक्ने तथा जुनदेखि सेप्टेम्बरसम्मको मनसुनयाममा भारी वर्षाका कारण आउने बाढी तथा पहिरोले सडक अवरुद्ध हुने र आपतकालीन उद्धारमा समेत कठिनाइ हुन सक्ने अवस्थाप्रति सचेत गराइएको छ।
भर्खरै
लोकप्रिय
