महिना दिनमै एसईईको नजिता निकाल्न निर्देशनपछि दबाबमा परीक्षा बोर्ड, सम्भव होला?

महिना दिनमै एसईईको नजिता निकाल्न निर्देशनपछि दबाबमा परीक्षा बोर्ड, सम्भव होला?
फाइल तस्बिर
+
-
देशसञ्चार AI सारांश
  • सरकारले एसईईको नतिजा महिना दिनमा निकाल्न निर्देशन दिएपछि परीक्षा बोर्ड दबाबमा परेको छ।
  • परीक्षा केन्द्रमै उत्तरपुस्तिका जाँच्ने विषयमा छलफल भए पनि यसको विश्वसनीयतामा प्रश्न उठाउने आवाज उठेको छ।
  • प्रधानमन्त्रीसँग परामर्शपछि शिक्षामन्त्रीले महिना दिनमा नतिजा निकाल्न निर्देशन दिएका थिए, जसले दबाब बढाएको छ।

काठमाडौँ– सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा महिना दिनमै निकाल्न निर्देशन दिएपछि राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय दबाबमा परेको छ।

भोलि (चैत १९ गते)देखि एसईई सुरु हुँदैछ। तर परीक्षा सुरु हुनुअघिल्लो दिन (मंगलबार)सम्म महिना दिनमा नै कसरी नतिजा निकाल्ने भन्ने अन्योलमा परीक्षा नियन्त्रण कार्यालय देखिएको छ।

दिनभर बोर्डमा यही विषयमा छलफल भए पनि नतिजा निकाल्ने विषयमा टुंगो लाग्न नसकेको छैन। परीक्षा नियन्त्रक टुकराज अधिकारीले दिनभर छलफल भइरहेको जानकारी दिए।

देशसञ्चारको सम्पर्कमा आएका उनले छोटो कुरा गर्दै भने– ‘हामी छलफलमा छौँ।’ देशसञ्चारले उनीसँग दिनभर सम्पर्क गर्न खोजेको थियो। तर छलफलमा रहेको भन्दै यस महिना दिनमा नतिजा निकाल्ने विषयमा बोल्न मानेनन्।

सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहसँग परामर्श गरेपछि महिना दिनमा नतिजा निकाल्न निर्देशन दिएका थिए।

यसअघिका वर्षमा तीन महिनामा नतिजा निकाल्दै आएको परीक्षा बोर्ड यसपटक परीक्षाको मुखमा एक महिनमा नै नतिजा निकाल्न निर्देशन भएपछि दबाबमा परेको हो।

परीक्षा केन्द्रमै उत्तरपुस्तिका जाँच हुने विषयमा छलफल भएको छ। तर परीक्षा केन्द्रमा नै हुने जाँचको विश्वसनीयता भने नहुने एक शिक्षकले बताए।

देशसञ्चारसँग ती शिक्षकले सरकारले नहुने हतार गरेको बताए। ‘सरकारले एक महिनामा नतिजा निकाल्ने भनेर नभएको हतार गर्‍यो। डेढ महिना वा दुई महिना गर्दा पनि हुन्थ्यो’, उनले भने, ‘पहिले अन्तर जिल्लामा हुने पुस्तिका जाँच अहिले परीक्षा केन्द्रमै गर्ने सुनेको छु। यसले विश्वसनीयतामाथि प्रश्न उठ्छ।’

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…