नौ शवसहित ३ सय १८ अलपत्र यात्रु लिएर कुवेतबाट भैरहवा आइपुग्यो चार्टर्ड जहाज

नौ शवसहित ३ सय १८ अलपत्र यात्रु लिएर कुवेतबाट भैरहवा आइपुग्यो चार्टर्ड जहाज
+
-

काठमाडौँ-   कुवेतबाट आएको कुवेत एयरवेजको बोईङ ७७७–३०० विमान बुधबार बेलुका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।

मध्यपूर्वमा जारी द्वन्द्वका कारण कुवेतमा अलपत्र परेका ३ सय १८ नेपाली नागरिकलाई लिएर आएको उक्त चार्टर विमान बेलुका साढे ७ बजे भैरहवास्थित विमानस्थलमा अवतरण गरेको विमानस्थलका महाप्रबन्धक श्याम किशोर शाहले जानकारी दिए।

३ सय ४५ सिट क्षमताको उक्त विमानमा ३ सय १८ यात्रुसहित केही कार्गो ल्याइएको छ । कुवेतमा निधन भएका ९ नेपाली नागरिकका शवसमेत सोही विमानमार्फत ल्याइएको थियो।

मृतकहरुमा सम्झना गोले (सिन्धुपाल्चोक), वसन्त राइ (खोटाङ), कोपिला थामी (उदयपुर), रमेश कुमार मोचि (सिरहा), यमुना सुनार (सुर्खेत), कृष्ण राम्जा वुढा (सल्यान), खुशीराम चौधरी (दाङ), रमेश नेपाली (तनहु) र मन्जु मोक्तान पाख्रिन (सिन्धुली)  छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त विशेष चार्टर उडानका लागि आवश्यक अनुमति प्रदान गरेको थियो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…