अ
+
अ
अ
-
प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको योग्यताका बारे प्रश्न उठिरहेका बेला उनी काठमाडौँ विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभागका पीएचडी शोधार्थी रहेको खुलेको छ।
शाह प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हुन् भने सरकारले उनलाई संविधान संशोधनका लागि तयार पारिने बहसपत्र निर्माणका लागि संयोजकको जिम्मेवारी पनि दिएको छ।
उनले काठमाडौँ विश्वविद्यालयको मानविकी संकाय अन्तर्गत भाषा तथा आमसन्चार विभागमा विद्यावारिधि (पिएचडी) गरिरहेको जानकारी विभागले दिएको छ।
विभागका अनुसार असिम शाह सन् २०२६ को नयाँ ब्याचअन्तर्गत ‘राजनीतिक रूपान्तरणमा डिजिटल मिडियाको भूमिका’ विषयमा विद्यावारिधि अध्ययनरत छन्।
उनको शोधकार्य प्रा डा. निर्मलमणि अधिकारीको सुपरिवेक्षणमा सञ्चालन भइरहेको विभागले जानकारी दिएको छ।
भर्खरै
लोकप्रिय
