अ
+
अ
अ
-
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थप दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले बिहीबार उनीहरूलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
शनिबार बिहान पक्राउ परेका उनीहरूलाई यसअघि अदालतले ५ दिनको म्याद थप गरेको थियो।
गौरीबहादुर कार्की नेतृत्वको जेन–जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो। उनीहरूमाथि गत भदौ २३ गतेको जेन–जी आन्दोलन दमन गरेको आरोप छ।
भर्खरै
लोकप्रिय
