अ
+
अ
अ
-
काठमाडौँ- नेकपा एमालेले प्रतिनिधिसभाको सभामुखका लागि आफ्नो पार्टीका तर्फबाट उम्मेदवारीका विषयमा छलफल गर्दैछ।
जसका लागि सचिवालय बैठकमा छलफल जारी छ। अरु विपक्षी दलले उम्मेदवारी दिए त्यसैलाई समर्थन गर्ने अन्यथा आफैले उम्मेदवारी दिने तयारीमा एमालेको तयारी छ।
अरु विपक्षी दलबाट उम्मेदवारी नपरेकाले गुरु बराललाई सभामुखको उम्मेदवार बनाउने तयारी भएको सांसद् ऐन महरले जानकारी दिए।
यता, सत्तापक्षीय दल राष्ट्रियस स्वतन्त्र पार्टी (रास्वपा)का डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता भइसकेको छ।
भर्खरै
लोकप्रिय
