प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित, आजै शपथ हुने

प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित, आजै शपथ हुने
नवनियुक्त सभामुख डोलप्रसाद अर्याल। तस्बिर: बर्षा शाह।
+
-
देशसञ्चार AI सारांश
  • डीपी अर्याललाई प्रतिनिधिसभाको सभामुख पदमा बिना प्रतिरोध निर्वाचित घोषित गरिएको छ।
  • सत्ता पक्षको स्पष्ट बहुमतका कारण विपक्षी दलहरूले सभामुख पदमा उम्मेदवारी दिएका थिएनन्।
  • संवैधानिक प्रावधानअनुसार अर्यालले राष्ट्रपतिसंग शपथ लिएपछि आज कार्यभार सम्हाल्नेछन्।

काठमाडौँ- प्रतिनिधिसभाको सभामुख पदमा डीपी अर्याल (डोलप्रसाद अर्याल) निर्विरोध निर्वाचित भएका छन्।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।

गत शुक्रबार सभामुख पदका लागि मनोनयन दर्ता गर्दा अर्यालको मात्र उम्मेदवारी परेको थियो। नियमअनुसार एक मात्र उम्मेदवार भएमा बैठकमा प्रस्तावकले धारणा राखेपछि अध्यक्षताले निर्विरोध निर्वाचित भएको घोषणा गर्ने व्यवस्था छ, जसअनुसार आज औपचारिक घोषणा गरिएको हो।

प्रतिनिधिसभामा सत्तापक्षको स्पष्ट बहुमत रहेकाले विपक्षी दलहरूले सभामुख पदमा उम्मेदवारी दिएका थिएनन्। २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको १८२ सांसद रहेको छ भने नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाको सानो उपस्थिति छ।

सभामुख चयन भएसँगै अब उपसभामुख चयन प्रक्रिया अगाडि बढ्नेछ। उपसभामुखको निर्वाचन सभामुखले तोकेको मिति र समयमा हुनेछ। संवैधानिक प्रावधानअनुसार सभामुख र उपसभामुख फरक दल र फरक लिंगका हुनुपर्ने व्यवस्था छ, तर एकल उम्मेदवारी परेको अवस्थामा एउटै दलबाट पनि हुन सक्ने व्यवस्था रहेको छ।

निर्वाचित सभामुखले कार्यभार सम्हाल्नुअघि राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्नेछ। उनले आज दिउँसो साढे २ बजे शपथ ग्रहण गर्नेछन्।

शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्याललाई पद तथा गोपनीयताको शपथग्रहण गराउने कार्यक्रम छ। त्यसपछि उनी आजै कार्यकक्ष पुगेर पदभार ग्रहण गर्नेछन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…