९औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा हस्तकला-निर्मित वस्तु बढी

९औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा हस्तकला-निर्मित वस्तु बढी
+
-
देशसञ्चार AI सारांश
  • रुकुम बाफिकोटकी ज्योति पुन मगर र विमला पुन मगरले हस्तनिर्मित सामाग्री तथा अर्गानिक कोदोको पिठो मेलामा प्रदर्शन गरे।
  • महिला उद्यमी महासंघले नवौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०२६ आयोजना गर्दै १४० वटा स्टलहरू प्रदर्शन गरेको छ।
  • उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिलाहरूको उद्यमशीलता विकासले रोजगारी सिर्जना गर्दै अर्थतन्त्र सुधार्न महत्त्वपूर्ण हुने बताए।

काठमाडौँ — रूकुम बाफिकोट ६ कि ज्योति पुन मगर (३५ वर्ष)ले सानेपा हाइटस्थित हेरिटेज गार्डेन चलिलरहेको ९औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको एक स्टलमा बेचिरहेकी थिइन् हस्त निर्मित सामाग्री झोला बुकी धागोको गुलाब इत्यादी थियो। उनीसँगै आठबीसकोट १ की बिमला पुन मगर (३०) पनि थिइन् । दुवैले रुकुमको अर्गानिक कोदोको पिठो लगायतका सामाग्री पनि थिए। सानैदेखि धागोको सामाग्री बनाउँदै आएकी पुनमगरद्वय यस खालको मेलामा पहिलोपटक आएको अनुभव सुनाए। ‘मेलाको अनुभव पहिलो पटक हो, हस्तकला निर्मित सामान कति किन्छन् त्यो पनि थाहा छैन्,’ पुनमगर द्वयले भने।

महिला उधमी महासंघको समन्वयमा बिमलाले आफ्नो उत्पादनलाई यहाँ ल्याएको बताइन् । भनिन्, ‘मेरो त पहिलो अनुभव हो। एक दिन हुन लाग्यो एउटा सामान पनि बिकेको छैन। तर तीन दिनसम्म त केही बिक्ला नी।’

गाउँमा नियमित धागोकबाट बन्ने हेन्डमेट सामाग्री बेचेर दश हजार देखि १५ हजारसम्म कमाउने गरेको बिमलाले बताइन्।  तीन हजार तिरेर स्टल राखेको समेत उनले बताइन्।

उनी निकै आशाबादी थिइन् । त्यसैगरी कर्णाली प्रदेश सुर्खेतकी दुइ महिला उद्यमीले मह बेचिरहेका थिए । काठमाडौँमा अर्गानिक मह बेच्न पाउँदाको खुसी सुनाउँदै थिए। कर्णलीले प्रदेशको दश जिल्लाबाट महिला उद्यमीहरू यस मेलामा पुगेका छन् ।

शुक्रबार उपराष्ट्रपति रामसहायप्रसाद यादवले मेलाको समुद्घाटन गरेसँगै मेलामा चहलपहल बढेको हो ।

चितवन घर भएकी रश्मीले फ्याँकिएका जिन्सका कपडाबाट डायरी र झोला तथा साना बुकहरु तयार पारेकी छन् । उनले यस खालको मेलाले आफ्नो सीपलाई देखाउन पाएको खुसी सुनाइन्।

महिलाहरूको सामाजिक तथा आर्थिक सशक्तीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको महासंघले अहिले नवौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०२६ आयोजना गरेको हो। मेलामा देशका विभिन्न जिल्ला तथा ग्रामीण क्षेत्रका सफल महिला उद्यमीहरूलाई उनीहरूको उद्यमशीलताको पहिचान, प्रोत्साहन र उत्साह अभिवृद्धि गर्ने उद्देश्य राखिएको छ।

रुकुमका महिला उद्ममी ज्योती पुन मगर र विमला पुन मगर

महासंघले नेपालभरका ७७ जिल्लामा जिल्ला महिला उद्यमी संघ स्थापना गरी ६ हजारभन्दा बढी महिला उद्यमीलाई सदस्यतामा आबद्ध गरिसकेको छ। करिब १ लाखभन्दा बढी अप्रत्यक्ष लाभग्राहीहरू रहेको महासंघको दाबी छ।

संघकी उपाध्यक्ष सुनिता वैध श्रेष्ठका अनुसार मेलाले देश भरिका महिला उद्यमीलाई हौसला र प्रेरणा मिल्ने बताइन् ।

‘मेलाले जिल्लामा छरिएका महिला उद्यमीलाई प्रेरणा दिने र नेपालको उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने मेलाको उद्देश्य हो,’ उनले भनिन्, हस्तकला निर्मित घरेलु उत्पादनको माग बढी छ।’

मेलामा नेपालका विभिन्न जिल्लाका घरेलु, साना तथा मझौला महिला उद्यमी, व्यवसायी तथा निर्यातकर्तासहित विभिन्न देशका महिला उद्यमीहरूको सहभागिता छ।

मेलाले महिला उद्यमीहरूलाई आफ्नो रैथाने तथा मौलिक उत्पादनको प्रदर्शन, बजार विस्तार, नेटवर्किङ र व्यापारिक सहकार्यको अवसर प्रदान गरेको महासंघको दाबी छ। मेलामा जम्मा १४० वटा स्टलहरु रहेका छन्।

हस्तकलाका सामानहरु जस्तैः प्राकृतिक रेसाजन्य वस्तु ढाकाका सामानहरु, गलैंचा, हाते कागजका सामानहरु जैविक खाद्य पदार्थ स्वदेशी रैथाने खानेकुरामा परिकारहरू, कृषिजन्य उत्पादनहरु, जडिबुटीका सामानहरु विभिन्न मूर्तिहरु गरगहना सजावटका सामानहरू, विभिन्न सेवा प्रदायक संस्थाहरुका स्टलहरू आकर्षक ढंगले प्रदर्शनीमा राखिएको छ।

चितवनकी रश्मी जिन्स र ढाकाको डायरी देखाउँदै

मेलामा जिल्ला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला उद्यमीहरुका सिप र सिर्जनालाई अगाडि ल्याएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा आफ्नो पहिचान सघाउ पुर्‍याउनका साथै उनीहरूलाई अगाडि बढ्न प्रोत्साहन गर्ने विश्वास पनि महिला उद्यमी महासंघको दाबी छ।

मेलामा भारतबाट फेवरिक तथा कस्मेटिक सामग्रीहरु, चीनबाट ‘इलेक्ट्रोलाइट ड्रिक्स’, कोरियाबाट कस्मेटिक सामान तथा नुडल्सहरु र भुटानबाट रिसाइकल उत्पादनहरूका साथै अन्तर्राष्ट्रिय महिला उद्यमीहरूको उत्कृष्ट उत्पादनहरूको प्रदर्शनी रहेको छ।

उद्घाटन समारोहमा उपराष्ट्रपति यादवले आफ्नो मन्तव्यमार्फत महिला उद्यमशिलता विकासको माध्यमबाट रोजगारीको सिर्जना गर्न र व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रिय अर्थतन्त्रको सुधार गर्न सहयोग पुग्ने भएकाले यसतर्फ सम्बन्धित सबै सरोकारवालाहरुको ध्यान जान जरुरी भएको विषयमा जोड दिएका थिए।

 

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…