अ
+
अ
अ
-
पोखरा– कास्कीको पोखरा महानगरपालिका–६ स्थित फेवातालकोबीच भागमा अलपत्र परेका ११ जनाको उद्धारगरिएको छ।
आइतबार फेवातालमा बोटिङ गरिरहेका उनीहरू एक्कासी हावाहुरी आउँदा तालमै फसेका थिए। त्यसपछि सशस्त्र प्रहरीले दिउँसो करिब सवा ४ बजे उद्धार गरेको हो।
उद्धार गरिएकाहरुमा तनहु जिल्लाको शुक्लागण्डकी नगरपालिका–२ बस्ने १९ वर्षीय सागर भुजेल, २० वर्षीय सुमन चौधरी, पोखरा महानगरपालिका–३३ बागमारा बस्ने २१ वर्षीया सलिना पुन रहेका छन्।
यस्तै म्याग्दी जिल्लाको अन्नपूर्ण–३ बाग्लुङ बस्ने २१ वर्षीया सन्जिता पुन, २० वर्षीया सुमिना तामाङ, २२ वर्षिया सुष्मा पुन, २० वर्षिया संजिता मगर, १९ वर्षीया रिया मगर, भारतको नयाँ दिल्ली घर बताउने २८ वर्षीय आयान, २८ वर्षीय अश्लाम र २६ वर्षीय स्याडब रहेका छन्।
भर्खरै
लोकप्रिय
