‘बले’ बलात्कार आरोपमा पक्राउ परेका होइनन्, अभद्रमा अनुसन्धान भइरहेको छ: प्रहरी

‘बले’ बलात्कार आरोपमा पक्राउ परेका होइनन्, अभद्रमा अनुसन्धान भइरहेको छ: प्रहरी
+
-

काठमाडौँ- काठमाडौँ प्रहरीले कलाकार सागर लम्साल ‘बले’लाई अभद्र व्यवहारसम्बन्धी कसुरमा पक्राउ गरी अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

सामाजिक सञ्जालमा उनीमाथि बलात्कारको आरोप लागेको भन्ने हल्ला फैलिएपछि प्रहरीले त्यसलाई पूर्ण रूपमा खण्डन गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँले सोमबार विज्ञप्ति जारी गर्दै लम्साललाई जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी हिरासतमा राखिएको जानकारी दिएको छ।

साथै, विभिन्न सामाजिक सञ्जाल र केही माध्यमबाट फैलाइएका अप्रमाणित तथा भ्रामक सूचनाप्रति ध्यानाकर्षण भएको जनाउँदै यस्ता भ्रम नफैलाउन आग्रह गरिएको छ।

प्रहरीका अनुसार लम्सालविरुद्ध अभद्र व्यवहारसम्बन्धी उजुरी परेको आधारमा मात्र अनुसन्धान भइरहेको हो। प्रवक्ता एसपी पवनकुमार भट्टराईले बलात्कारसम्बन्धी कुनै उजुरी दर्ता नभएको स्पष्ट पारेका छन्।

प्रहरीले घटनाबारे विस्तृत विवरण खुलाएको छैन भने अनुसन्धान जारी रहेकाले आधिकारिक सूचनामा मात्र विश्वास गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

विज्ञप्ति: 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…