- राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले सरकारले विदेशी ऋण लिन गरेको निर्णयलाई संसद बैठकमा अपारदर्शी भनेकी छन्।
- ओलीले एशियाली विकास बैंक र विश्व बैंकबाट ९० र ९५ मिलियन अमेरिकी डलर ऋण लिएको विरोध गरिन्।
- उनले संसदीय समिति गठन नभएको अवस्थामा निर्णय अपारदर्शी रहेको भन्दै सरकारसँग जवाफ माग गरिन्।
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुस्बु ओलीले सरकारले विदेशी ऋण लिन गरेको निर्णयप्रति आपत्ति जनाएकी छिन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले सरकारले एशियाली विकास बैंक र विश्व बैंकबाट ऋण लिन सरकारले गरेको निर्णयको विरोध गरेकी हुन्।
कुन संसदीय समिति, नीतिगत बहस र कुन आवश्यकता प्राथमिकीकरण मूल्याङ्कनका आधामा यो निर्णय गरियो ? उनको प्रश्न छ । उनले संसदीय समिति र उपसमिति गठन हुन बाँकी रहेको भन्दै यस्तो अवस्थामा सरकारले गर्ने निर्णय अपारदर्शी हुने शंका गरिन् । उनले उक्त ऋण सरकारले माग गरेको हो कि प्रश्ताव गरिएको हो ? भन्दै सरकारसँग जवाफ माग गरिन्।
उनले भनिन्,‘सरकारको मन्त्रिपरिषद् बैठकले एशियाली विकास बैंक र विश्व बैंकबाट डिजिटल नेपाल ट्रान्सफर्मेशन प्रोजेक्टको लागि ९० मिलियन अमेरिकी डलर र दिगो र समावेशी वित्त परियोजनको लागि ९५ डलर अमेरिकी डलर बराबरको ठूलो सहुलियत ऋण स्वीकार गरेको छ । हामी सरकारसमक्ष सोध्न चाहान्छौँ कुन संसदीय समिति, कुन नीतिगत बहस, कुन आवश्यकता प्राथमिकिकरण मूल्याङ्कनका आधामा यो प्रकारको निर्णय लिइयो । हाम्रो संसद अझै शिशु अवस्थामा छ । संसदीय समिति र उपसमितिहरु बनेका छैनन् । यस्तो अवस्थामा सरकारले गर्ने यस्तो निर्णय पारदर्शी नहुन सक्ने सम्भावना छ । उक्त ऋण हामीले माग गरेका थियौँ ? वा हामीलाई उक्त ऋणको प्रश्ताव आएको थियो । किन यो प्रोजेक्ट नै छनौट गरियो ?’
संसदीय बजेट अनुरोधको लागि सांसदहरुले धाउनुनपर्नेगरी अनलाइन पोर्टल सञ्चालन गर्न समेत उनले माग गरिन्।
भर्खरै
लोकप्रिय
