झापाको अर्जुनधाराबाट २२ ग्राम ब्राउन सुगरसहित तीनजना पक्राउ

झापाको अर्जुनधाराबाट २२ ग्राम ब्राउन सुगरसहित तीनजना पक्राउ
सांकेतिक तस्बिर
+
-

झापा- झापाको अर्जुनधारा नगरपालिकाबाट प्रहरीले भारी मात्रामा अवैध लागूऔषध ब्राउन सुगरसहित तीनजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा गौरादह नगरपालिका–३ चप्रामारीका ३७ वर्षीय धनबहादुर राजवंशी, सोही स्थानकी ३० वर्षीया सृजना राई र अर्जुनधारा नगरपालिका–११ सालबारीका ४५ वर्षीय तिनतालु राजवंशी रहेका छन्।

विशेष सूचनाको आधारमा लागूऔषध ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई अर्जुनधारा–६ स्थित अधुवा खोला नजिकैबाट नियन्त्रणमा लिएको हो।

सो स्थानमा रहेको लखी मुर्मुको घरमा डेरा गरी बस्ने धनबहादुर राजवंशीको कोठामा लागूऔषध बिक्री भइरहेको जानकारी पाएपछि प्रहरीले दिउँसो १:३० बजे छापा मारेको थियो।

तलासीका क्रममा प्रहरीले उनीहरूको साथबाट प्लाष्टिक बाहेक २२ ग्राम ब्राउन सुगर बरामद गरेको छ। झापा जिल्लाभर चैत १ गतेदेखि प्रहरीले लागूऔषध दुर्व्यसन र ओसारपसार नियन्त्रणका लागि “अपरेशन ब्राउन” अभियान सञ्चालन गरिरहेको छ।

पक्राउ परेका तीनैजनालाई हिरासतमा राखी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…