अ
+
अ
अ
-
काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहले विदेशी राजदूतहरूसँग छलफल गरेका छन्। शाह नेतृत्वको सरकार गठन भएपछि विभिन्न देशका राजदूतहरूसँग सामुहिक छलफल गरेका हुन्।
मध्याह्न सिंहदरबारमा परराष्ट्रमन्त्री शिशिर खनालसहित राजदूतहरूसँग प्रधानमन्त्री शाहले छलफल गरे।
देशको पछिल्लो राजनीतिक अवस्था र सरकारका प्राथमिकताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले सामूहिक छलफल गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
छलफलमा सहभागी राजदूतहरुले नेपालको नयाँ सरकारको कार्यदिशा र प्राथमिकताका बारेमा चासो राखेका थिए। प्रधानमन्त्री शाहले सरकारले सुशासन, आर्थिक विकास र वैदेशिक सम्बन्धलाई सन्तुलित रुपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन्।
–न्युज एजेन्सी नेपाल।
भर्खरै
लोकप्रिय
