चैत २९ र ३० गते गर्ने भनिएको महासंघको साधारणसभाको तयारी रोक्न अन्तरिम आदेश

चैत २९ र ३० गते गर्ने भनिएको महासंघको साधारणसभाको तयारी रोक्न अन्तरिम आदेश
+
-
देशसञ्चार AI सारांश
  • उच्च अदालत पाटनले नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभा तयारी रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

  • पेट्रोलियम ढुवानी व्यवसायी महासंघले सदस्यताको निर्णय नगरी सभा गर्न लागिएको भन्दै अदालतमा रिट दायर गरेका थिए।

  • अदालतले दुवै पक्षलाई चैत २५ गते छलफलमा बोलाई लिखित जवाफ पेश गर्न १५ दिनको म्याद दिएको छ।

​काठमाडौँ – उच्च अदालत पाटनले नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) को चैत २९ र ३० गतेका लागि तय भएको ६०औँ वार्षिक साधारण सभाको तयारीका कार्यहरू रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

​नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका तर्फबाट दायर गरिएको निषेधाज्ञाको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश स्वीकृति पराजुलीको इजलासले साधरणसभाको तयारी रोक्न आदेश दिएको हो।

​ पेट्रोलियम ढुवानी व्यवसायी महासंघले आफूहरूलाई सदस्यताको निर्णय नगरी साधारण सभा गर्न लागिएको भन्दै अदालत पुगेका थिए।
चैत २५ गते दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ। उक्त छलफलपछि मात्र यो अल्पकालीन आदेशले निरन्तरता पाउने वा नपाउने भन्ने टुङ्गो लाग्नेछ।

आदेशमा भनिएको छ, “२०८२।१२।२९ र २०८२।१२।३० मा सम्पन्न हुन लागेको भनिएको ६०औँ साधारण सभा… को विषयमा मिति २०८२।१२।२५ मा दोहोरो छलफल गरी यथास्थितिमा राख्नु पर्ने हो, होइन? भन्ने विषयमा सुनुवाइ गर्ने गरी हाललाई उक्त साधारण सभाको कार्य दोहोरो छलफल नभएसम्म यथास्थितिमा राख्नु भनी… अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ।”

​अदालतले विपक्षी नेपाल उद्योग वाणिज्य महासंघका नाममा १५ दिनभित्र लिखित जवाफ पेश गर्न समेत आदेश दिएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…