काठमाडौँ- हनी ट्र्यापमा पारी आपराधिक लाभ लिएको घटनामा प्रहरी निरीक्षक बिनुकुमारी शाहीसहित पाँच जनाले सफाइ पाएका छन्।
जिल्ला अदालत ललितपुरका न्यायाधीश ढाकाराम पौडेलको इजलासले मंगलबार एक जनालाई दोषी ठहर गर्दै अन्य पाँच जनालाई सफाइ दिएको हो।
आपराधिक लाभ लिएको कसुरमा जिल्ला प्रहरी परिसर ललितपुरले २०८१ मंसिर ९ गते ६ जनाविरूद्ध मुद्दा दायर गरेको थियो। प्रहरी निरीक्षक शाहीसहित सुस्मा विश्वकर्मा, ताजमूल भन्ने तजम्मुल इसलाम, भीमादेवी थापा, महेन्द्र हमाल र दर्शन पोखरेलविरूद्ध मुद्दा दायर भएको थियो। शाही र पोखरेल पछि अदालतमा उपस्थित भएका थिए।
उनीहरूमध्ये तजम्मुल इसलामलाई अदालतले दोषी ठहर गरेको हो।
अदालत स्रोतका अनुसार उनलाई एक वर्ष ६ महिना कैद र ३० हजार रुपैयाँ जरिवाना तोकेको थियो।
संखुवासभा घर भई ललितपुरको सानागाउँ बस्ने इन्द्रकुमार राईबाट हनी ट्र्यापमा पारी ३० लाख रुपैयाँ असुल गरेको आरोपमा उनीहरू पक्राउ परेका थिए।
भर्खरै
लोकप्रिय
