- प्रधानमन्त्री वालेन्द्र शाहको मन्त्रिपरिषदका सदस्यहरूको सम्पत्ति विवरणले सामाजिक सञ्जालमा व्यापक बहसको शुरुवात गरेको छ।
- गृहमन्त्री सुधन गुरुङको विवरणमा ८९ तोला सुन, ६ किलो चाँदी, र विभिन्न क्षेत्रमा धेरै जग्गाजमिनको उल्लेख छ।
- गुरुङको सम्पत्तिको स्रोत पैतृक र व्यवसाय रहेको बताइए पनि, उनले व्यवसायको प्रकृति भने खुलाएका छैनन्।
काठमाडौँ- सरकारले हालै सार्वजनिक गरेको मन्त्रिपरिषदका सदस्यहरूको सम्पत्ति विवरणपछि सामाजिक सञ्जालमा व्यापक बहस सुरु भएको छ।प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषद्का सदस्यहरूको सम्पतिले यतिबेला राजनीति बृत मात्र नभएर सामाजिक सञ्जाल पनि तातेको छ।
यतिबेला उनीहरूले सार्वजनिक गरेको सम्पतिमा सबैभन्दा बढी सुन, गरगहनाको चर्चा चलिरहेको छ।
यसैबीच, सम्पति विवरण सार्वजिक भएपछि गृहमन्त्री सुधन गुरुङको पनि चर्चा चुलिएको छ। उनले बुझाएको विवरणअनुसार, उनीसँग ८९ तोला सुन र ६ किलो चाँदी रहेको छ।
जग्गा-जमिनतर्फ पनि गुरुङको स्वामित्व ठूलो देखिएको छ। गोरखामा मात्रै २२१ रोपनी जग्गा रहेको, जुन पैतृक सम्पत्ति भई हजुरबाको नाममा रहेको उनले बताएका छन्। त्यस्तै, चितवनको भरतपुरमा बुवाको नाममा ३० कठ्ठा जग्गा र धनकुटामा आफ्नै नाममा १९ रोपनी १५ आना जग्गा रहेको उल्लेख छ।
उनको लगानी ‘पोर्टफोलियो’ पनि बलियो देखिन्छ। विभिन्न कम्पनीहरूमा उनले करिब ४ करोड ३० लाख रुपैयाँ बराबरको सेयर लगानी गरेका छन् भने तीनवटा बैंक खातामा ६२ लाख रुपैयाँभन्दा बढी बचत रहेको छ। गुरुङले आफ्नो सम्पत्तिको स्रोत पैतृक र व्यवसाय रहेको बताएका छन्, तर व्यवसायको प्रकृति भने खुलाएका छैनन्।
आफूलाई सामाजिक अभियन्ताका रुपमा चिनाउने सुधनको कमै उमेरमा भएको यो सम्पति विवरणले उनलाई चर्चामा पुर्याएको हो। सञ्जालमा आलोचना सुरु भएपछि गुरुङले सरकारमा आउनुअघि कमाउनु पाप नहुने र आएर भ्रष्टाचार गरी कमाउनु पाप हुने बताएका छन्।
‘तिमी जन्मिदै गरीब जन्मिनु त्यो तिम्रो गल्ती हैन, तिमी मर्दा गरीब मर्नु त्यो तिम्रो गल्ती हो,’उनले सामाजिक सञ्जालमा एक स्टोरी सार्वजनिक गर्दै भनेका छन्,’सरकारमा आउनु अघिबीना भ्रष्टाचार कमाउनु पाप होइन। सरकारमा आएर भ्रष्टाचार गरेर कमाउनु पाप हो।
चेतनाभया!’

भर्खरै
लोकप्रिय
