सरकारलाई पूर्वमन्त्री सुदन किरातीको प्रश्न-‘गरिबको भोटमाथि धनीको शासन, स्रोत के?’

सरकारलाई पूर्वमन्त्री सुदन किरातीको प्रश्न-‘गरिबको भोटमाथि धनीको शासन, स्रोत के?’
पूर्वमन्त्री सुदन किराती। फाइल तस्बिर।
+
-
देशसञ्चार AI सारांश
  • पूर्वमन्त्री सुदन किरातीले सरकार र नेताहरूले नेपालमा सीमित अवसरहरू हुँदाहुँदै अत्यधिक सम्पत्ति आर्जन गरेकोमा प्रश्न उठाएका छन्।
  • उनले सामाजिक असमानता र आर्थिक विभाजनप्रति असन्तुष्टि व्यक्त गर्दै युवाहरू विदेश जाने क्रममा रहेको बताए।
  • बालेन्द्र शाह सरकारलाई हदबन्दीभन्दा बढी सम्पत्ति राख्नेहरूलाई कानुनी कारबाहीको लागि ध्यानाकर्षण गराएका छन्।

काठमाडौँ- पूर्वमन्त्री सुदन किरातीले सामाजिक सञ्जालमार्फत सरकार र नेताहरूको सम्पत्ति आर्जनबारे प्रश्न उठाएका छन्।

उनले नेपालमा सम्पत्ति कमाउने अवसर सीमित रहेको भन्दै युवाहरू विदेशिन बाध्य भइरहेको बेला केही व्यक्तिले भने देशभित्रै अत्यधिक सम्पत्ति आर्जन गरेको भन्दै प्रश्न गरेका हुन्।

‘गरिबको भोटमाथि धनीको शासन,’ भन्दै उनले सामाजिक असमानता र आर्थिक विभाजनप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

उनले हदबन्दीभन्दा बढी जग्गा जमिन राख्नेहरूमाथि कानुनअनुसार कारबाही गर्न आग्रह गर्दै बालेन्द्र शाह नेतृत्वको सरकारसँग ध्यानाकर्षण गराएका छन्।

‘गरिबको भोटमाथि धनीको शासन। स्वदेशमा त सम्पत्ति कमाउने अवसर छैन भन्छन् त्यसैले होला लाखौँ युवाहरू सम्पत्ति कमाउन विदेश गइरहेका छन्। तर, केही युवाले त नेपालमै अत्याधिक सम्पति कमाएका रहेछन् भन्ने मन्त्रीहरूको सार्वजनिक सम्पत्ति विवरणबाट स्पष्ट हुन्छ। एक जना भुक्तभोगीले भन्थे,’अत्याधिक सम्पत्ति कमाउन कि आफ्नो पुर्खाले गडबडी गरेको हुनुपर्छ कि आफैले गडबडी गरेको हुनुपर्छ,’ उनले फेसबुकमा लेखेका छन्,’ कुरो के हो? मेरो जानकारीमा, सम्पत्ति विवरण बुझाउँदा नियम अनुसार स्रोत खुलेकै हुनुपर्छ। तर राज्यलाई कर चाहिँ तिरिएको छ कि छैन? हदबन्दीभन्दा बढी जग्गा जमिन हुनेहरूलाई कानुन अनुसार कारबाही होस् बालेन्द्र सरकार।’

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…