काठमाडौँ- प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरणबारे सामाजिक सञ्जालमा आलोचना भइरहेका बेला पूर्वअर्थमन्त्री रामेश्वर खनालले त्यसको विश्वसनीयतामाथि प्रश्न उठाउँदै करसम्बन्धी रेकर्डहरू बढी आधिकारिक हुने उल्लेख गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रीहरूसँग भएको सुनलगायत अन्य सम्पत्तिको आलोचना भइरहेको छ।
पूर्वअर्थमन्त्री खनालले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै सार्वजनिक गरिने सम्पत्ति विवरणभन्दा राज्यका आधिकारिक निकायमा बुझाइने करसम्बन्धी रेकर्डहरू बढी आधिकारिक हुने बताएका छन्।
उनले लेखेका छन्, ‘सम्पत्ति घोषणाहरू प्रायः कम भरपर्दो हुन्छन्; यसको विपरीत, आन्तरिक राजस्व कार्यालयमा पेस गरिएको आय विवरण र कर चुक्ता रेकर्डहरूले वित्तीय अखण्डताको मूल्यांकन गर्न बढी विश्वसनीय, पारदर्शी र प्रमाणित आधार प्रदान गर्दछन्।’
खनालले सम्पत्ति विवरण प्रायः कम विश्वसनीय हुने उल्लेख गर्दै आर्थिक पारदर्शिता मूल्यांकनका लागि यस्ता विवरणभन्दा करसम्बन्धी कागजातहरू बढी भरपर्दो हुने बताए।
उनले आन्तरिक राजस्व कार्यालयमा पेस गरिने आय विवरण तथा कर चुक्ता प्रमाणपत्रहरू नै व्यक्तिको वास्तविक आर्थिक अवस्थाको मूल्यांकन गर्न बढी पारदर्शी आधार हुने स्पष्ट पारेका छन्।
भर्खरै
लोकप्रिय
