धनगढीका २५ विद्यालयलाई उपमहानगरकाे सम्मान

धनगढीका २५ विद्यालयलाई उपमहानगरकाे सम्मान
+
-
देशसञ्चार AI सारांश
  • धनगढी उपमहानगरपालिकाले आधारभूत तह परीक्षामा उत्कृष्ट नतिजा ल्याउने २५ विद्यालयलाई विशेष समारोहमा सम्मान गरेको छ।
  • १० सामुदायिक र १५ संस्थागत विद्यालयलाई ब्यान्ड बाजासहित दोसल्ला र प्रमाणपत्र प्रदान गर्दै सम्मान गरियो।
  • यस सम्मानले विद्यालय, शिक्षक र विद्यार्थीमा उत्साह बढाएको भन्दै नगर प्रमुखले स्वस्थ प्रतिस्पर्धालाई प्रोत्साहित गरेको बताए।

धनगढी – धनगढी उपमहानगरपालिकाले कक्षा ८ को आधारभूत तह परीक्षामा उत्कृष्ट नतिजा ल्याउने २५ वटा विद्यालयलाई भव्य रूपमा सम्मान गरेको छ।

सोमवार उपमहानगरपालिकाले आयोजना गरेको विशेष समारोहमा ब्यान्ड बाजासहित दोसल्ला र सम्पान पत्र दिएर ९० देखि सतप्रतिशत नतिजा हासिल गर्न सफल विद्यालयका सञ्चालक तथा प्रधानाध्यपकलाई सम्मान गरिएको हो।

धनगढी नगर प्रमुख गोपाल हमालको उपस्थित रहेको कार्यक्रममा उपप्रमुख कन्दकलाकुमारी राना, प्रमुख प्रशासकीय अधिकृत जनकराज भट्ट र उपसचिव नरेन्द्रबहादुर खातीले दोसल्ला र प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका हुन्।

सम्मानित हुने विद्यालयमा १० वटा सामुदायिक र १५ संस्थागत (निजी) रहेका छन्। शैक्षिक गुणस्तर सुधारमा उल्लेख्य योगदान पु¥याउने विद्यालयहरूलाई सम्मान गरिएको उपमहानगरपालिकाले जनाएको छ।

उपमहानगरपालिकाबाट सम्मानित हुने १० वटा सामुदायिक विद्यालयहरूमा वेहडावावा मावि, शारदा मावि, सिद्धार्थ मावि, सर्वोदय मावि, इन्द्रोदय मावि, पञ्चोदय मावि, शारदा मावि (देवरिया), जनप्रिय मावि, ठेकराज मावि र चन्द्रोदय मावि रहेका छन्।

त्यसैगरी, सतप्रतिश नतिजा हासिल गर्दै सम्मानित हुनेमा एलजी एकेडेमी, बाल्मिकि इन्टरनेश्नल स्कुल, स्वर्णिम शिक्षा सदन, सिद्धार्थ विद्या मन्दिर, मयूर स्कुल, गुरुकुल एकेडेमी, जेसिज एभरेस्ट स्कुल, ग्लोबल मोडर्न पब्लिक स्कुल, पञ्चकोटी विद्या निकेतन, नन्दिनाज एकेडेकी, अपि विद्या निकेतन, गोल्डेन ज्योति स्कुल, केदारनाथ विद्या निकेतन, सिद्धार्थ इन्टरनेश्नल र दरबार स्कुल रहेका छन्।

परम्परागत शैलीभन्दा फरक ढंगले ब्यान्ड बाजासहित गरिएको सम्मानले विद्यालय, शिक्षक तथा विद्यार्थीहरूमा उत्साह थपिएको बताइएको छ। कार्यक्रममा धनगढी नगर प्रमुख गोपाल हमालले विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धा वृद्धि गर्न तथा शैक्षिक वातावरण सुदृढ बनाउन सार्वजनिक सम्मान कार्यक्रम आयोजना गरिएको बताए।

कार्यक्रममा सहभागी प्रधानाध्यापकहरूले उपमहानगरपालिकाको यस पहलले आफूहरूलाई थप जिम्मेवार बनाएको र आगामी शैक्षिक सत्रमा अझ उत्कृष्ट नतिजा ल्याउन प्रेरणा मिलेको बताएका छन्। धनगढी उपमहानगरपालिकाले पछिल्लो समय शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै विद्यालयहरूको भौतिक तथा गुणस्तरीय सुधारमा जोड दिँदै आएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…