अ
+
अ
अ
-
काठमाडौँ – थापाथलीस्थित सुकुम्बासी बस्ती शनिबार बिहान ६ बजेदेखि खाली गराइने भन्दै महानगर प्रहरीले माइकिङ गरेको छ।
बिहीबार साँझ नेपाल प्रहरी र सशस्त्र प्रहरीको भ्यानसहित महानगर प्रहरीले थापाथली सुकुम्बासी बस्तीमा माइकिङ गरेको हो।
प्रधानमन्त्री वालेन्द्र शाहले शनिबार र आइतबार अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका थिए।
शाह काठमाडौँ महानगरपालिकाको मेयर भएका बेला पनि सुकुम्बासी बस्ती हटाउने प्रयास गरेका थिए। त्यसबेलामा सुकुम्बासीहरूले गरेको प्रतिवादका कारण सफल भएको थिएन।
अहिले उनी प्रधानमन्त्री भएर आएपछि फेरि अतिक्रमित गरेर बसेका बस्तीहरू हटाउन सुरक्षा निकायलाई नै निर्देशन दिएका हुन्।

तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी
भर्खरै
लोकप्रिय
