जेनजी आन्दोलनमा मधेसका जेलबाट भागेका पाँच सय कैदी पक्राउ परेनन्

जेनजी आन्दोलनमा मधेसका जेलबाट भागेका पाँच सय कैदी पक्राउ परेनन्
सांकेतिक तस्बिर।
+
-
देशसञ्चार AI सारांश
  • जेनजी आन्दोलनको क्रममा मधेस प्रदेशमा फरार भएका कैदीबन्दीमध्ये ४९७ जना अझै पक्राउ परेका छैनन्।
  • कारागारबाट १०४५ र बालसुधार गृहबाट ६८ जना फरार हुँदा प्रहरीले हालसम्म क्रमशः ५९६ र २० जना समातेका छन्।
  • सप्तरी, महोत्तरी, रौतहटका फरार मध्ये क्रमशः ७५, २५१, १२३ जना कैदीबन्दी अझै गिरफ्तारीमा छैनन्।

जनकपुरधाम – जेनजी आन्दोलनको क्रममा मधेस प्रदेशको विभिन्न कारागार तथा बालसुधार गृहबाट भागेकामध्ये करिब पाँच सय कैदी अझै पक्राउ परेका छैनन् ।

मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार जेनजी आन्दोलनको क्रममा गत भदौ २३ गते कारागार तथा बालसुधार गृहबाट भागेकामध्ये ४९७ जना अझै फरार रहेका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाका अनुसार ४४९ जना कैदी/बन्दी पक्राउ पर्न बाँकी रहेका छन् भने बालसुधारबाट फारार भएकामध्ये ४८ जना पक्राउ पर्न बाँकी रहेका छन् ।

जेनजी आन्दोलनको क्रममा कारागारबाट १०४५ जना फरार भएका थिए भने बालसुधार गृहबाट ६८ जना फरार भएका थिए ।

प्रवक्ता थापाका अनुसार हालसम्म कारागारबाट फरार भएकामध्ये ५९६ जना र बालसुधार गृहबाट फरार भएकामध्ये २० जनालाई प्रहरीले पक्राउ पर्न सफल भएका छन् ।

मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको तथ्यांक अनुसार सप्तरीको कारागारबाट २०५ जना, महोत्तरीको कारागारबाट ५७६ जना र रौतहटको कारागारबाट २६४ जना फरार भएका थिए । जसमध्ये सप्तरीका १३० जना, महोत्तरीको ३२५ जना र रौतहटका १४१ जना पक्राउ परेका छन् । सप्तरीमा ७५ जना, महोत्तरीमा २५१ ज्ना र रौतहटमा १२३ जना पक्राउ पर्न बाँकी रहेको छ ।

यस्तै, पर्सा स्थित रहेको बालसुधार गृहबाट ६८ जना फरार भएकोमा हालसम्म २० जना पक्राउ परेका छन् । फरारमध्ये ४८ जना अझै पक्राउ पर्न बाँकी छ ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…