रारामा दौडिए कर्णालीका सपना : छैटौं रारा ट्रेल रनको उपाधि दलबहादुर र सुनमायालाई

रारामा दौडिए कर्णालीका सपना : छैटौं रारा ट्रेल रनको उपाधि दलबहादुर र सुनमायालाई
oplus_8388608
+
-
देशसञ्चार AI सारांश
  • जुम्लाका दलबहादुर कुँवर र सुनमाया बुढाले रारा ट्रेल रनमा जीत हासिल गर्दै उत्कृष्टता प्रदर्शन गरे।
  • १६ किलोमिटर दौडमा ३६१ धावक सहभागी भएका थिए, जसमा दलबहादुर कुँवरले पुरुषतर्फ १ घण्टा १५ सेकेन्डमा दूरी पूरा गरे।
  • विजेतालाई नगद पुरस्कार र प्रमाणपत्र दिइएको प्रतियोगिता कर्णालीको खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो।

मुगु – हिमालको काखमा फैलिएको नीलो रारा ताल वरिपरि बुधबार बिहान धावकहरूको उत्साहले छुट्टै रौनक थपियो। कर्णालीको प्राकृतिक सुन्दरतामाझ आयोजित छैटौं रारा ट्रेल रनमा जुम्लाका दलबहादुर कुँवर र सुनमाया बुढाले उपाधि जित्दै आफ्नो उत्कृष्टता प्रमाणित गरेका छन्।

नेपाली सेना अन्तर्गत हनुमानध्वज गुल्म ले आयोजना गरेको १६ किलोमिटर दूरीको प्रतियोगितामा महिला ४९ र पुरुष ३१२ गरी एक विदेशी नागरिकसहित कुल ३६१ जना धावक सहभागी भएका थिए।

oplus_8388608

पुरुषतर्फ जुम्लाको तातोपानी गाउँपालिका–७ का दलबहादुर कुँवरले सबै प्रतिस्पर्धीलाई पछि पार्दै निर्धारित दूरी १ घण्टा १५ सेकेन्डमा पूरा गरी प्रथम स्थान हात पारे। जुम्ला कनकासुन्दरी गाउँपालिका–३ का राज बुढा १ घण्टा १ मिनेट ९ सेकेन्डसहित दोस्रो भए भने छायाँनाथ रारा नगरपालिका–१४ बाम गाउँका अक्कल बढुवाल १ घण्टा ३ मिनेट ५५ सेकेन्डमा दूरी पार गर्दै तेस्रो बने।

महिलातर्फ जुम्लाको पातारासी गाउँपालिका–२ की सुनमाया बुढाले १ घण्टा १३ मिनेट ५० सेकेन्डमा दौड पूरा गर्दै उपाधि जितिन्। सोही गाउँपालिकाकी राममाया बुढा दोस्रो हुँदा डोल्पाबाट सहभागी त्रिभुवन आर्मी क्लब की सुनसरी रोकाया तेस्रो भइन्।

विजेता महिला तथा पुरुष खेलाडीलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।

राराको सौन्दर्यलाई खेल पर्यटनसँग जोड्दै विश्वसामु चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ। हनुमानध्वज गुल्म का गुल्मपति खड्गबहादुर श्रेष्ठले कर्णाली प्राकृतिक सम्पदाले मात्रै नभई खेलकुदका दृष्टिले पनि सम्भावना बोकेको क्षेत्र भएको बताए।

राराको शीतल हावा, हरिया डाँडा र कठिन भूगोलबीच धावकहरूले देखाएको उत्साहले यसपटकको ट्रेल रनलाई थप रोमाञ्चक बनाएको सहभागीहरूको भनाइ थियो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…