हवाई र सडक भाडा बढेपछि महँगीको चपेटामा मुगाली

हवाई र सडक भाडा बढेपछि महँगीको चपेटामा मुगाली
oplus_8388608
+
-
देशसञ्चार AI सारांश
  • दुर्गम जिल्ला मुगुको हवाई र सडक यातायात भाडा बढ्दा स्थानीयवासी महँगीको चपेटामा परेका छन्।
  • नेपालगन्ज-मुगु मार्गमा नेपाल एयरलाइन्सको हवाई भाडा ७३६५ रुपैयाँबाट बढेर ९६०० रुपैयाँ पुगेको छ।
  • कमजोर सडक अवस्थाका कारण अधिकांश नागरिक हवाई यातायातमा निर्भर हुन बाध्य छन् र खर्च दोब्बर भएको छ।

मुगु – दुर्गम जिल्ला मुगुमा हवाई तथा सडक दुवै यातायातको भाडा बढेपछि स्थानीयवासी महँगीको चपेटामा परेका छन्। सडक पहुँच पुगे पनि यात्रा सहज र सुरक्षित नहुँदा अधिकांश नागरिक हवाई सेवामा निर्भर छन् भने सडक यातायात प्रयोग गर्ने यात्रुहरू पनि बढेको भाडाले मारमा परेका छन्।

नेपालगन्ज–मुगु उडानमा नेपाल एयरलाइन्स ले यसअघि लिँदै आएको ७ हजार ३ सय ६५ रुपैयाँ भाडा बढाएर हाल ९ हजार ६ सय रुपैयाँ पुर्‍याएको छ। अन्य निजी वायुसेवा कम्पनीहरूकाे समेत हवाई भाडा बढेकाे यात्रुहरूले बताएका छन्।

यता सडक मार्गतर्फ पनि गाडी भाडामा उल्लेख्य वृद्धि भएको छ , इन्धन मूल्य वृद्धि तथा यातायात सञ्चालन खर्च बढेको भन्दै व्यवसायीहरूले भाडा बढाएका हुन्।

मुगु जोड्ने सडक अधिकांश स्थानमा कच्ची, भिरालो र जोखिमपूर्ण छ। हिउँदमा धुलाम्य तथा वर्षामा हिलाम्य हुने सडकमा यात्रा गर्न यात्रुले सास्ती भोग्दै आएका छन्। कतिपय स्थानमा पहिरो, साँघुरा मोड र जीर्ण सडकका कारण यात्रा झन् कठिन बन्ने गरेको छ। यही कारण बिरामी, कर्मचारी, विद्यार्थी र सर्वसाधारण हवाई सेवातर्फ आकर्षित हुने गरेका छन्।

स्थानीय पर्यटन व्यवसायी हरीकृष्ण ऐडीले सडकको अवस्था सुधार नहुँदा नागरिक बाध्य भएर महँगो हवाई यात्रा गर्नुपर्ने अवस्था रहेको बताएका छन् । “सडक सुरक्षित र भरपर्दो छैन। बिरामी र कर्मचारीलाई छिटो पुग्न हवाई सेवा नै रोज्नुपर्छ,” उनले भने, “तर हवाई र सडक दुवै भाडा बढ्दा जनतामाथि दोहोरो भार परेको छ।”

स्थानीय शिक्षक मोहन कुमार मल्लले दुर्गम जिल्लाका नागरिकमाथि महँगीको असर झन् बढी परेको बताए। “मुगुमा उपचार, अध्ययन र प्रशासनिक कामका लागि जिल्ला बाहिर जानैपर्छ,” उनले भने, “यातायात भाडा लगातार बढ्दा सामान्य परिवारलाई ठूलो आर्थिक भार परेको छ।”

स्थानीयवासीले दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरी हवाई तथा सडक यातायातमा सहुलियत व्यवस्था गर्न र सडक स्तरोन्नतिमा सरकारले ध्यान दिनुपर्ने माग गरेका छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…