प्रधानमन्त्रीको अभिव्यक्तिले भारतीय अतिक्रमणलाई वैधानिकता दिन्छ : भीमार्जुन आचार्य

प्रधानमन्त्रीको अभिव्यक्तिले भारतीय अतिक्रमणलाई वैधानिकता दिन्छ : भीमार्जुन आचार्य
फाइल फोटो
+
-

काठमाडौँ – संविधानविद् भीमार्जुन आचार्यले ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति असामान्य र गम्भीर भएको बताएका छन्।

उनले आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहको अभिव्यक्तिले नेपालले उठाउँदै आएको सीमा अतिक्रमणको मुद्दालाई कमजोर बनाउने तथा अतिक्रमणलाई अप्रत्यक्ष रूपमा वैधता दिने बताएका हुन्।

आचार्यका अनुसार हालसम्म कुनै पनि नेपाली प्रधानमन्त्रीले संसद् वा सार्वजनिक मञ्चबाट यस्ता प्रकारका अभिव्यक्ति दिएको रेकर्ड छैन।

उनले भनेका छन्, ‘आजसम्मका कुनै पनि प्रधानमन्त्रीहरूले यस्तो अभिव्यक्ति संसद् र संसद् बाहिर दिएको रेकर्ड छैन। यस्तो अभिव्यक्ति कहिल्यै अपेक्षित पनि छैन। यसको सबैभन्दा ठूलो असर नेपाली भूमि जसरी जुन स्तरमा अतिक्रमण भैरहेको छ, त्यसलाई कुनै न कुनै रूपमा फाइदा र वैधता दिलाउनु हो।’

उनले दुई देशबीच सीमा मिच्ने कार्य पारस्परिक रहेको भन्ने सरकार प्रमुखको धारणा सार्वजनिक हुनु नेपालको भौगोलिक अखण्डता र राष्ट्रिय हितको संरक्षणप्रति सरकारको प्रतिबद्धतामाथि प्रश्न उठाउने विषय भएको उल्लेख गरेका छन्।

उनले दुई देशबीचको सीमा विवाद समाधानका लागि तेस्रो देशको उपस्थितिको आह्वान गरिएको भनाइलाई समेत चिन्ताजनक भनेका छन्।

उनी भन्छन्, ‘दुई देशबीचमा तेस्रो देशको उपस्थितिको आव्हान झनै चिन्ताजनक छ। सीमा मिच्ने काम दुई देशबीच पारस्परिक छ भन्ने सरकार प्रमुखको भनाइले नेपालको भौगोलिक अखण्डता रक्षा गर्न यो सरकार चाहँदैन वा सक्दैन भन्ने कुरा दर्शाउॅंछ। सिंगो देश र देशवासी झनै सचेत हुनु पर्ने समय आएजस्तो छ।’

प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधिसभामा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको सीमा मिचेको बताएका थिए।

यो पनि पढ्नुहोस्

‘नेपालले भारतीय भूमि मिचेको छैन, प्रधानमन्त्रीले भ्रम छर्नुभयो’

‘नेपालले भारतीय भूमि मिचेको छैन, प्रधानमन्त्रीले भ्रम छर्नुभयो’

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…