पूर्वसचिव एवं सीमासम्बन्धी जानकार द्वारिकानाथ ढुंगेलसँगको कुराकानी

‘नेपालले भारतीय भूमि मिचेको छैन, प्रधानमन्त्रीले भ्रम छर्नुभयो’

+
-

काठमाडौँ – प्रतिपक्षीको निरन्तरको मागपछि आइतबार संसद्‌मा उपस्थित भएर प्रधानमन्त्री वालेन्द्र शाहले उठेका प्रश्नको जवाफ दिए।

लिपुलेक हुँदै भारत र चीनबीच व्यापारिक मार्ग खोलिएको विषयमा पनि संसद्‌मा प्रश्न उठेपछि प्रधानमन्त्री शाहले भारत सरकारलाई आधिकारिक रूपमा कूटनीतिक नोट पठाइसकेको र त्यसको जवाफसमेत आइसकेको बताएका थिए। दुवै देशको सीमा विवाद दुवै देशका इतिहासविद्, नापी अधिकारी (सर्भेयर) र भूमिसम्बन्धी जानकारहरूलाई राखेर वार्ता (टेबल टक) मार्फत समस्याको समाधान गर्ने प्रतिबद्धता  व्यक्त भएको बताए।

सीमा विवाद समाधानका लागि भारत र चीनसँग मात्र नभई बेलायतसँग समेत छलफल गरिएको शाहले जानकारी गराए। तर, त्यसमै उनले भारतले मात्र नभई नेपालले पनि भारतको ठाउँठाउँको भूमि मिचेको बताएपछि प्रधानमन्त्रीमाथि प्रश्न उठेको छ।

आजसम्म नेपाल वा भारतमा नेपालले भारतीय भूमि मिचेको विषय उठान भएको थिएन। प्रधानमन्त्री शाहले आफू प्रधानमन्त्री भएपछि संसद्‌बाट भारतको भूमि नेपालले मिचेको भन्ने विषय कति सत्य हो? के यो विषय पहिलोपटक प्रधानमन्त्री शाहले थाहा पाएका हुन् वा पहिले पनि यस्ता विषय बाहिर नआउने गरी उठेका थिए? आदि विषयमा पूर्वसचिव सीमासम्बन्धी जानकार द्वारिकानाथ ढंगेलसँग कुराकानी गरेका छौँ।

प्रस्तुत छ, उनै ढुंगेलसँग गरिएको कुराकानीको सम्पादित अंश:

आजको संसद्‌मा प्रधानमन्त्री वालेन्द्र शाहले भारतले मात्र होइन, नेपालले पनि भारतको भूमि मिचेको छ भन्नुभयो, यो कति सत्य हो? 

नेपालले भारतको सीमा मिचेको मेरो जानकारीमा छैन। बरु के हो भने भारतले एकतर्फी रूपमा कालापानीमा सीमा मिचेको मात्र होइन,  त्यहाँ त महाकालीको स्रोतकै कुरा पनि छ। उता सुस्तामा समस्या छ। अरु बुद्धिनारायण जस्ताहरू सीमाविद्ले पनि धेरै ठाउँमा सीमाको समस्या छ भन्नुभएको छ।

प्रधानमन्त्रीज्यूले के आधारमा नेपालले भारतको सीमा मिचेको छ भन्नुभयो? उहाँले आधिकारिक रूपमा कहाँबाट त्यो सूचना पाउनुभयो? हामीले उहाँसँग जवाफ माग्नुपर्छ। उहाँको सूचनाको आधार के हो?

दोस्रो कुरा के हो भने, नेपाल र भारतको सीमाको बारेमा छलफल गर्नलाई समिति छ। त्यो समितिले काम गरिरहेकै हुन्छ। र त्यो समितिले आधिकारिक रुपमा भनेको छ, ९८ प्रतिशत सीमा विवादको काम सकिएको छ। बाँकी २ प्रतिशत छ। अहिले जसरी प्रधानमन्त्रीबाट कुरा आयो, यो हाम्रो लागि नयाँ कुरा भयो।

पहिले कुनै समय वा कतै नेपालले भारतको सीमा मिचेको विषय उठेको थाहा पाउनु भएको छ? 

मैले यो पहिलोचोटी सुन्दै छु। मेरो जानकारीमा छैन। मेरो अध्ययनको कमी भएर हो कि? मलाई त थाहा छैन। बरु भारतसँग हाम्रो सीमाको समस्या भएको हामीले अध्ययन गरिरहेकै हौँ। अहिले हामी सुस्ताकै बारेमा पनि काम गरिरहेका छौँ, महाकालीको गरेकै हौँ।

तपाईंलाई के लाग्छ- प्रधानमन्त्रीले कुन आधारमा नेपालले भारतको भूमि मिचेको विषय भन्नुभयो होला?

उहाँको विषय मैले कसरी भन्न सक्छु र? यसको आधार भनेको उहाँलाई कसले यसरी फिडब्याक दियो? उहाँका सल्लाहकारहरूले फिडब्याक दिनुभयो कि? नापी विभागले दियो? नेपालको नक्सा, सीमाको बारेमा आधिकारिक रूपमा विवरण राख्ने नापी विभाग हो। म त आश्चर्यचकित भएको छु।

मैले त यो सम्बन्धमा काम गरेको पहिलोचोटी म कुरा सुन्दै छु। प्रधानमन्त्रीज्यूसँग आग्रह गर्छु– प्रधानमन्त्रीज्यू, तपाईंले के आधारमा भन्नुभएको हो, त्यो जनतालाई स्पष्ट गर्नुपर्छ। नेपाल र भारत सीमा आयोग छ, त्यो आयोगले के काम गरिरहेको छ? महाकाली र महाकालीको स्रोत र सुस्ताको बारेमा सचिव स्तरको बैठक गर्ने परराष्ट्र सचिव स्तरको समिति छ, त्यसमा यो विषय छलफल गराउनुस् भनेर हामी पो मागिरहेका थियौँ।

संसद्‌मै प्रधानमन्त्रीले दिएको यस्तो अभिव्यक्तिको प्रभाव के हुन सक्छ त?

यो त भ्रम सिर्जना हुने भयो। म त प्रधानमन्त्रीज्यूलाई व्यक्तिगत रूपमा आग्रह गर्छु, प्रधानमन्त्रीज्यू तपाईंको स्रोत के हो? मलाई बताउनुपर्‍यो। र तपाईंले बताउनुहुन्न भने तपाईंको प्रवक्ताले बताउनुपर्‍यो। होइन भने म त नेपाल सरकारसँग, प्रधानमन्त्रीज्यूले बोलेको कुराको आधिकारिकतामाथि नै प्रश्न गर्दछु।

मैले महाकाली र सुस्ताको विषयको अध्ययन गरिरहेको र अलिअलि जानेको विषयले भन्दै छु– प्रधानमन्त्रीले भ्रम सिर्जना गर्नुभयो। यसले मलाई लाग्छ, प्रधानमन्त्रीज्यूले दुई देशको सम्बन्धका विषयको कुरा कता राख्नुहुन्छ? भारतीयहरूले खजाना पाए नि त यसलाई। हामी सही छौँ, नेपाल गलत रहेछ, बरु नेपालले नै सीमा मिच्या रहेछ भन्ने कुराको खजाना भयो उनीहरूलाई (भारतलाई)।

अब सानोतिनो सीमा यताउता भएको हुन सक्छ। नेपालीले भारतको जमिन प्रयोग गरेको र भारतीयले नेपालीको भूमि प्रयोग गरेको हुनसक्छ। त्यसका लागि त समिति नै बनेको छ।

यो विषयलाई अर्को रूपमा पनि विश्लेषण गरिएको छ। रास्वपाका सभापति रवि लामिछाने भारत जाने कार्यतालिका भोलि मात्र हो। त्यसको पूर्वसन्ध्यामा प्रधानमन्त्री जे बोल्नुभयो यसले थप शंशय पैदा गरेन र? 

यसले थप अप्ठ्यारो सिर्जना गरेको छ।  प्रधानमन्त्रीज्यूको यो कुरालाई कोट गरेर भारतीयले नेपालले हामीलाई मिच्यो भनिरहेको थियो, नेपालले बरु मिचेको रहेछ, हामीले मिचेका छैनौँ भन्छ। हाम्रा त मुद्दाहरू त अब कालापानीको पनि ओझेलमा पार्ने भयो। सुस्ताको मुद्दालाई पनि ओझेलमा पार्ने भयो।

यो पनि पढ्नुहोस्

नेपालले पनि भारतको सीमा मिचेको छ: प्रधानमन्त्री शाह

नेपालले पनि भारतको सीमा मिचेको छ: प्रधानमन्त्री शाह

नेपालले भारतको सीमा मिचेको प्रधामन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति

नेपालले भारतको सीमा मिचेको प्रधामन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…