काठमाडौं- बलिउड अभिनेता तथा गायक आयुष्मान खुराना शनिबार राति ठमेलको एउटा बारमा भेटिएका छन्। उनी ‘थर्टी थ्री डिग्री वेस्ट स्काइबार’ क्लबमा गायक सुशान्त केसीसँगै गफगाफ गरिरहेको देखिएका छन्।
उक्त बारको दोस्रो एनिभर्सरी सेलिब्रेसनमा पाहुनाको रुपमा खुराना सहभागी भएका थिए।
नेपालमा समेत राम्रै फ्यान भएका खुरानासँग नेपाली प्रशंसकहरू रमाउँदै गरेको भिडियो प्राप्त भएको छ।
सन् २०१२ मा फिल्म ‘विकी डोनर’ बाट अभिनेताका रूपमा डेब्यु गरेका अनुष्मान दम लगा के हैशा, अन्धाधुन, बधाई हो, आर्टिकल १५, ड्रिम गर्ल, बाला, शुभ मंगल ज्यादा सावधान र डाक्टर जी जस्ता फिल्ममा देखिएका छन्।
उनी लोकप्रिय गायक पनि हुन्। ‘विकी डोनर’ फिल्मको चर्चित गीत ‘पानी दा रंग’ उनैले गाएका थिए भने सोही गीतका लागि उनले फिल्मफेयर उत्कृष्ट पुरुष पाश्र्वगायक पुरस्कार पनि जितेका थिए। अन्य केही गीतहरूमा पनि उनले आवाज दिएका छन्।
भर्खरै
लोकप्रिय
