एक दशक बित्दा पनि सम्पन्न भएनन् तीन आकासे पुल (फोटो फिचर)

एक दशक बित्दा पनि सम्पन्न भएनन् तीन आकासे पुल (फोटो फिचर)
+
-

काठमाडौँ- काठमाडौँ चक्रपथअन्तर्गत बल्खु, ललितपुरको सानेपा र महालक्ष्मीस्थानमा निर्माणाधीन आकासे पुल एक दशक बित्न लाग्दा पनि सम्पन्न हुन सकेका छैनन्।

२०७४ सालमा ठेक्का सम्झौता भएका यी पुलहरूको म्याद आठ पटक थप भइसकेको छ भने नवौँ पटक थप्ने तयारी भइरहेको छ। हालसम्म तीनवटै पुलको भौतिक प्रगति करिब ७० प्रतिशत पुगेको बताइएको छ।

बल्खु, सानेपा र महालक्ष्मीस्थानमा पुलका खम्बा तथा र्याम्प निर्माण भए पनि अन्य काम अझै बाँकी छन्। चक्रपथ सुधार योजनाकी प्रमुख इन्जिनियर आशिका पोखरेलका अनुसार पुलमा जडान हुने रेलिङलगायतका सामग्री कारखानामा निर्माण भइरहेका छन् र असारभित्र सबै काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

तीनवटै पुलको निर्माण लागत करिब चार-चार करोड रुपैयाँ रहेको छ। प्रारम्भिक सम्झौताअनुसार २०७५ सालमै काम सम्पन्न हुनुपर्ने भए पनि पटक-पटक म्याद थपिँदा पनि निर्माण पूरा हुन सकेको छैन।

आकासे पुल निर्माणमा भएको ढिलाइका कारण व्यस्त चक्रपथमा पैदलयात्रीहरू जोखिम मोलेर सडक पार गर्न बाध्य छन्।

तस्बिरहरू: 

   तस्बिर: नेपाल फोटो लाइब्रेरी।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…