म्याग्दीको एक विद्यालयमा तीन विद्यार्थी तीन शिक्षक

म्याग्दीको एक विद्यालयमा तीन विद्यार्थी तीन शिक्षक
+
-
देशसञ्चार AI सारांश
  • म्याग्दीको धवलागिरि आधारभूत विद्यालयमा तीन शिक्षक-कर्मचारी र तीन विद्यार्थी मात्र रहेको स्थिति छ।

  • बसाइँसराइ वृद्धि र जन्मदर घट्नाले विद्यालयको विद्यार्थी संख्या कम हुँदै गएको प्रधानाध्यापकले बताएका छन्।

  • अन्नपूर्ण गाउँपालिकाले विद्यार्थी संख्या न्यून भएका विद्यालयहरूमा कक्षा घटुवा र दरबन्दी व्यवस्थापनको नीति लिँदैछ।

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा विद्यार्थी र शिक्षक–कर्मचारीको सङ्ख्या बराबर भएको छ ।

विसं २०४० मा स्थापना भएको र कक्षा ३ सम्म पठनपाठन हुने यस विद्यालयमा हाल कुल ३ जना मात्र विद्यार्थी अध्ययनरत छन् भने शिक्षक र कर्मचारीको सङ्ख्या पनि ३ नै रहेको छ ।

विद्यालयको कक्षा १ र २ मा विद्यार्थी सङ्ख्या पूर्ण रूपमा शून्य छ ।

बालकक्षा र कक्षा ३ मा मात्रै विद्यार्थी

हाल विद्यालयको बालकक्षामा जेसिका खड्का तथा कक्षा ३ मा नेलसन रोका र श्रीसा खड्का गरी ३ जना विद्यार्थी मात्र भर्ना भएका छन् ।

विद्यालयमा स्थायी दरबन्दीका शिक्षक एवं प्रधानाध्यापक शान्ति राम्जाली, बालशिक्षा सहजकर्ता शिखा बोहोरा क्षेत्री र विद्यालय सहयोगी सुर्जना रोका कार्यरत हुनुहुन्छ ।

विद्यार्थी सङ्ख्या घट्दै गएपछि गत वर्ष गाउँपालिकाले यहाँको एक जना शिक्षकको दरबन्दी समेत कटौती गरेको थियो ।

बसाइँसराइ र घट्दो जन्मदर मुख्य कारण

प्रधानाध्यापक राम्जालीका अनुसार तीव्र बसाइँसराइ र घट्दो जन्मदरका कारण विद्यालयमा यो अवस्था आएको हो ।

विद्यालयको सेवा क्षेत्रभित्र पर्ने भालेबासमा १५ र कोप्चेपानीमा १० घरपरिवार मात्र बसोबास गर्छन् ।

विसं २०७२ सम्म विद्यालयमा १५ देखि २० जनासम्म विद्यार्थी हुने गरे तापनि पछिल्ला वर्षहरूमा नयाँ बच्चा जन्मने दर घटेको र गाउँ छाडेर अन्यत्र जाने क्रम बढेकाले विद्यालय सुनसान बन्न पुगेको हो ।

बाढीको चपेटा र वर्तमान चुनौती

यसअघि विसं २०७५ मा कोप्चेपानीमा रहेको विद्यालय भवनलाई कालीगण्डकीको बाढीले बगाएपछि विद्यालय भालेबासमा स्थानान्तरण गरिएको थियो ।

हाल विद्यालयमा सुविधायुक्त भवन, शौचालय र बालमैत्री कक्षाकोठा भए पनि विद्यार्थी नै नहुँदा समस्या परेको छ । स्थानीयवासी तुलाराम बुढाका अनुसार छिमेकी गाउँ गाडपार र काभ्रेका विद्यालय पुग्न बालबालिकालाई करिब एक घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ ।

त्यसैले, गाउँमा भएका थोरै बालबालिकालाई पनि शिक्षाको अधिकारबाट वञ्चित हुन नदिन सङ्ख्या कम भए पनि विद्यालय सञ्चालन गरिरहनु परेको उनले बताए।

गाउँपालिकाको आगामी नीति

अन्नपूर्ण गाउँपालिकाअन्तर्गतका ठाडा, किन्दु, स्वाँत, घराप र चित्रेका आधारभूत विद्यालयहरूमा पनि विद्यार्थी सङ्ख्या निकै न्यून छ ।

भौगोलिक विकटता र छरिएका बस्तीका कारण विद्यालयहरूमा यो समस्या देखिएको भन्दै गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले अब विद्यार्थी सङ्ख्या कम भएका विद्यालयहरूमा कक्षा घटुवा (डाउनग्रेड) गर्ने र दरबन्दी व्यवस्थापन गर्ने नीति लिइने जानकारी दिए ।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…