जैमिनी नगरपालिकाद्वारा सुकुम्वासी परिवारलाई घरजग्गासहित लालपुर्जा वितरण

जैमिनी नगरपालिकाद्वारा सुकुम्वासी परिवारलाई घरजग्गासहित लालपुर्जा वितरण
default
+
-
देशसञ्चार AI सारांश
  • जैमिनी नगरपालिकाले पहिचान गरिएका १८ सुकुम्वासी परिवारलाई घर र जग्गासहित लालपुर्जा उपलब्ध गराएको छ ।
  • सुकुम्वासी समस्या समाधान गर्न अघिल्लो कार्यकालदेखि पहल सुरु भएको र प्रक्रिया अझै बाँकी रहेको छ ।
  • नगरपालिकाले विपद्का कारण विस्थापित र आर्थिक समस्यामा रहेका ४४ परिवारलाई समेत घर निर्माण गरिदिएको छ ।

ढोरपाटन- बागलुङको जैमिनी नगरपालिकाले पहिचान भएका १८ सुकुम्वासी परिवारलाई घर र जग्गासहित लालपुर्जा उपलब्ध गराएको छ ।

जग्गा खरिद गरी घर निर्माण गरेर लालपुर्जा हस्तान्तरण गरेसँगै नगरभित्रको सुकुम्वासी समस्या समाधान भएको छ ।

नगर उपप्रमुख हरिहर शर्माका अनुसार सुकुम्वासी समस्या समाधानका लागि अघिल्लो कार्यकालदेखि नै पहल सुरु गरिएको थियो ।

सबै सुकुम्वासी परिवारले घर, जग्गा र लालपुर्जा पाइसकेको भए तापनि नगरपालिकालाई औपचारिक रूपमा सुकुम्वासीमुक्त घोषणा गर्न भने राष्ट्रिय भूमि आयोगमार्फत प्रक्रिया पूरा हुन बाँकी रहेको छ ।

नागरिकलाई सुरक्षित आवास उपलब्ध गराउनु राज्यको दायित्व भएकाले नगरपालिकाले सुकुम्वासीको पहिचान, जग्गा खरिद, घर निर्माण र लालपुर्जा वितरणको काम गरेको उपप्रमुख शर्माले बताए ।

नगरपालिकाले सुकुम्वासीका साथै प्राकृतिक विपद्का कारण विस्थापित भएका तथा आर्थिक अभावका कारण घर बनाउन नसकेका ४४ परिवारका लागि पनि घर निर्माण गरिदिएको छ ।

यसका लागि कार्यविधि बनाएर घरविहीन परिवारलाई तीन लाख रुपैयाँ, विपद्का कारण घर गुमाएका परिवारलाई दुई लाख ५० हजार रुपैयाँ र आर्थिक अभावका कारण घर पुनर्निर्माण गर्न नसकेका परिवारलाई दुई लाख रुपैयाँ सहयोग उपलब्ध गराइएको छ ।

नगरपालिकाले पहिलो चरणमा तीन पुस्तासम्म घर नभएका परिवारका लागि आवास निर्माण गरेको थियो ।

त्यस्तै, दोस्रो चरणमा विपद् वा आर्थिक समस्याका कारण आफ्नै घरमा बस्न नसकी अरूकै घरमा आश्रित रहेका परिवारलाई घर निर्माण गरेर बसोबासको व्यवस्था मिलाएको छ ।

घर प्राप्त गरेपछि स्थानीय उषा नेपालीले नगरपालिकाको सहयोगले स्थायी रूपमा बस्ने ठाउँको चिन्ता हटेको बताइन् ।

समस्यामा परेका बेला नगरपालिकाले घर बनाइदिएपछि गरिब र विपन्नको समस्या सम्बोधन भएको अनुभूति भएको र अब बाँकी आवश्यकता मेहनत गरेर पूरा गर्न सकिने विश्वास उनले व्यक्त गरिन् ।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…