सेतीवेनीमा बढ्दै भारतीय पर्यटक

सेतीवेनीमा बढ्दै भारतीय पर्यटक
+
-
देशसञ्चार AI सारांश
  • सेतीवेनीमा धार्मिक आस्थाले प्रेरित हजारौं भक्तजन र पर्यटकको सङ्ख्या बढ्दा दैनिक १०० देखि १५० भारतीय पर्यटक पुग्ने गरेका छन्।

  • कालीगण्डकीमा जल विहार र प्राकृतिक सौन्दर्यले पर्यटकलाई आकर्षित गरे पनि बाढीले शिलाको आधार क्षेत्र कमजोर बनाएको छ।

  • स्थायित्व र विकासका लागि स्थानीयले संरचना निर्माण र संरक्षणमा सरकारको ध्यानाकर्षण गराउन माग गरेका छन्।

गण्डकी– स्याङजा, पर्वत र गुल्मी जिल्लाको सङ्गमस्थल सेतीवेनीले पछिल्लो समय धार्मिक तथा पर्यटकीय दृष्टिले थप महत्त्व पाउन थालेको छ।

कालीगण्डकी नदीबाट शालिग्राम शिला भारतको अयोध्यामा लगेसँगै सेतीवेनीको शिलाको दर्शन गर्न आउने भक्तजन तथा पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो।

विसं २०७९ मा म्याग्दीको गलेश्वरधामस्थित कालीगण्डकीबाट लगिएको शालिग्राम अयोध्यामा प्राणप्रतिष्ठा गरिएपछि सेतीवेनी क्षेत्रमा पुगेर शालिग्रामको दर्शन गर्ने र मुक्तिनाथ जाने भारतीय पर्यटक बढिरहेको पण्डित केशवराज न्यौपानेले जानकारी दिए।

उनका अनुसार धार्मिक आस्था बोकेको उक्त क्षेत्रको शिला दर्शकका लागि भाकल गरेमा सन्तान प्राप्त हुने, रोकिएका बालबालिकाको वाक्य खुल्ने, रोगव्याधिबाट मुक्ति मिल्ने तथा वैदेशिक रोजगारीमा सफलता प्राप्त हुने जन विश्वास छ।

भाकल गरिएका विषयमा मनोकामना पूरा भएपछि भक्तजन पुनःआउने भएकाले पछिल्लो समय त्यहाँ दैनिक १०० देखि १५० जना भारतीय पर्यटक शिला दर्शन गर्न आउने गरेको पाइएको छ।

कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गको पहुँच विस्तार भएसँगै त्यहाँ पुग्ने यात्रुको सङ्ख्या बढ्दै गएको छ। उनले भने, “मुक्तिनाथ दर्शनमा जाने तीर्थयात्री सेतीवेनीमा रोकिएर शिलाको दर्शन गर्छन्। मुक्तिनाथ जानुअघि त्यस शिलाको दर्शन गरे यात्रा सफल हुने धार्मिक विश्वास छ।”

कालीगण्डकी नदीस्थित सेतीवेनी तीन जिल्लालाई जोड्ने, प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाको सङ्गमका रुपमा रहेको छ। पण्डित न्यौपाने भन्छन्, “यहाँ आउने पर्यटकले पूजा आराधनासहित नदी किनारको मनोरम दृश्य, शालिग्राम संस्कृतिसँग जोडिएको इतिहास र स्थानीय धार्मिक परम्पराको अनुभव गर्छन्।”

त्यस क्षेत्रको थप प्रचारप्रसार, पूर्वाधार विकास र संरक्षणका कार्यक्रम अघि बढाउन सके मुलुकको मात्र नभइ सेतिवेनी विश्वकै धार्मिक पर्यटकीय गन्तव्य एवं अनुसन्धानको केन्द्र बन्न सक्ने स्थानीयको भनाइ छ।

पछिल्लो वर्षहरुमा सेतीवेनी पुग्ने पर्यटकलाई कालीगण्डकीमा गरिने जल विहार अर्को आकर्षण बनेको छ। स्याङ्जाको मिर्मीबाट सुरु हुने जलयात्राले कालीगण्डकीको मनोरम दृश्य, नदी किनारका वस्ती र प्राकृतिक सम्पदाको अवलोकनबाट पर्यटकलाई बेग्लै आनन्दको अनुभूति दिलाउने छ।

यसैबीच, कालीगण्डकीमा बर्सेनि आउने बाढीले कटान गर्दै शिलाको आधार क्षेत्र कमजोर बनाएको प्रति स्थानीय चिन्तित रहेको पाइएको छ।

उनीहरुले शिलाको दीर्घकालीन संरक्षणका लागि प्राविधिक अध्ययन गरी सुरक्षित परिक्रमा मार्ग, अवलोकनस्थल तथा संरक्षण संरचना निर्माणमा विशेष ध्यान पु¥याउन तीन तहकै सरकारसँग माग गरेका छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…