अवैध लागूऔषधसहित विभिन्न जिल्लाबाट १६ जना पक्राउ

अवैध लागूऔषधसहित विभिन्न जिल्लाबाट १६ जना पक्राउ
सांकेतिक तस्बिर ।
+
-
देशसञ्चार AI सारांश
  • नेपाल प्रहरीले १६ जनालाई विभिन्न प्रकारका अवैध लागूऔषधसहित देशभरका विभिन्न स्थानबाट पक्राउ गरेको छ।
  • काठमाडौंमा दुई जनालाई खैरो हेरोइन, ट्रामाडोल र नाइट्राभेटसहित पक्राउ गरिएको छ, र अन्य ठाऊँबाट विभिन्न लागूऔषधहरू बरामद गरिएको छ।
  • पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ, र उनीहरूका प्रयोगमा रहेका सवारी साधन समेत जफत गरिएको छ।

काठमाडौँ- नेपाल प्रहरीले देशका विभिन्न जिल्लामा सञ्चालन गरेको कारबाहीका क्रममा अवैध तथा नियन्त्रित लागूऔषधसहित १६ जनालाई पक्राउ गरेको छ।

पक्राउ परेकाहरूबाट खैरो हेरोइन, ब्राउनसुगर, अफिम, गाँजा, ट्रामाडोल, नाइट्राभेटलगायतका लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।

काठमाडौँ महानगरपालिका- ३२ कोटेश्वरस्थित आकाशेपुल नजिकबाट खैरो हेरोइनजस्तो पदार्थ करिब ५०० मिलिग्राम, ट्रामाडोल ७३ ट्याब्लेट र नाइट्राभेट १२ ट्याब्लेटसहित दुई जना पक्राउ परेका छन्। प्रहरी प्रभाग कोटेश्वरको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

उदयपुरको चौदण्डीगढी नगरपालिका- ६ बगरकोटमा गरिएको खानतलासीका क्रममा ट्रामाडोल २०० ट्याब्लेट र स्पास्पेन ४०० ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको टोलीले कारबाही गरेको जनाएको छ।

बर्दियाको गुलरिया नगरपालिका- ९ टेपरीबाट ब्राउनसुगरजस्तो पदार्थ ४४० मिलिग्रामसहित दुई जना पक्राउ परेका छन्। यस्तै बाँकेको कोहलपुर नगरपालिका- २ स्थित पिपल चौतारा क्षेत्रबाट अफिमजस्तो पदार्थ १ किलो २० ग्रामसहित दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

चितवनको भरतपुर महानगरपालिका–३ मा डेरा गरी बस्दै आएका आमा–छोरालाई करिब ४ किलो ९ सय ग्राम गाँजासहित पक्राउ गरिएको छ। वडा प्रहरी कार्यालय नारायणगढले कोठा तलासी गर्दा उक्त परिमाणको गाँजा फेला परेको जनाएको छ।

ललितपुरको गोदावरी नगरपालिका–१४ ठैबबाट ट्रामाडोल ४२० ट्याब्लेटसहित एक जना पक्राउ परेका छन्। जुम्लाको तातोपानी गाउँपालिका–५ का एक युवकलाई ब्राउनसुगरजस्तो पदार्थ ८३० मिलिग्रामसहित पक्राउ गरिएको छ। उनी जिल्ला प्रहरी कार्यालय जुम्लाको हिरासतमा रहेका थुनुवालाई भेट्न जाँदा जाँचका क्रममा पक्राउ परेका हुन्।

सुनसरीको बराहक्षेत्र नगरपालिका–१ दूधपानी खोलाबाट ब्राउनसुगरजस्तो पदार्थ ३ ग्राम २२० मिलिग्रामसहित तीन जनालाई पक्राउ गरिएको छ। उनीहरूले प्रयोग गरेको मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ।

त्यसैगरी, मोरङको विराटनगर महानगरपालिका–१६ दरैयाबाट ब्राउनसुगरजस्तो पदार्थ करिब ५ ग्राम २१ मिलिग्रामसहित एक जना पक्राउ परेका छन्। भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीले सबै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…